१० खर्बको आयात, ८२ अर्बको निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 06:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्ष २०७६/०७७ को १० महिनामा वैदेशिक व्यापार ११.८९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा १२ खर्ब ५६ अर्बको वैदेशिक व्यापार भएकोमा चालु वर्ष ११ खर्ब ७ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु वर्षको १० महिने अवधिमा विभिन्न मुलुकबाट १० खर्ब २५ अर्ब रूपैयाँ बराबरको सामान आयात हुँदा ८२ अर्ब ६ करोडको मात्रै निर्यात भएको छ । 

गत वर्षको तुलनामा १२.९९ प्रतिशतले आयात घटेको छ भने निर्यात ४.५० प्रतिशतले बढेको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ९ खर्ब ४३ अर्बको व्यापार घाटा भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved