भन्सार विभागले भन्यो, ‘चिया निर्यातमा अवरोध छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 07:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागले नेपाली निर्यातमा कुनै अवरोध नरहेको बताएको छ । भारतको पश्चिम बंगाल सरकारले काकरभिट्टा नाकाबाट चिया आयातमा रोक लगाएको थियो । तर विराटनगर भन्सारबाट भने निर्यातमा कुनै अवरोध नरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । चिया निर्यातमा कुनै समस्या नरहेको सोमबार मात्रै करिब १३ टन चिया निर्यात भएको उनको दाबी छ । 

नेपालमा उत्पादन भएको चियाको ब्याच टेष्ट गर्न भारतको कलकत्ता पठाईने र रिपोर्ट आएपछि मात्रै भारतीय भन्सारले उक्त ब्याचको चिया छोडिदिने गरेको छ । नेपाली व्यवसायीले ब्याच टेष्ट वर्षमा ३ पटकसम्म गर्दै आएका छन् । 

काकरभिट्टा नाका बन्द भएपछि कलकत्ताबाट आएको रिपोर्ट पानीट्यांकी भन्सारका लागि भएको भन्दै जोगवनीमा रहेको भारतीय भन्सारले छुट्टै रिपोर्ट माग गर्दा केही समय निर्यात प्रभावित भएको र अहिले त्यस्तो प्राविधिक समस्या नरहेको महानिर्देशक दाहालको भनाई छ । दाहालले बेला बेला देखिने यस्ता समस्या समाधान गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमार्फत् भारतीय पक्षलाई पत्राचार गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved