नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको विवरण अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको हो ।
नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले बढेको छ । २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर रहेकोमा २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको छ ।
सन् २०३० भित्र नेपाललाई मध्यम आय भएको देशमा उकास्ने सरकारी लक्ष्य छ ।