एडीबीले नेपाललाई दियो ६ अर्ब ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 04:13:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ६ अर्ब रुपैयाँ ऋण दिएको छ । एडीबीले नेपालको हवाई क्षेत्र सुधारका लागि उक्त ऋण सहायत उपलब्ध गराएको हो ।

बिहीबार नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र बैंकका तर्फबाट कन्ट्री म्यानेजर मुख्तर खामुदखानोवले  ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता हस्ताक्षर गरेका छन् । उक्त ऋण सम्झौता खासगरी नीतिगत सुधारको क्षेत्रमा प्रयोग हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाका रुपमा छुट्याउने तयारी सरकारले गरिरहेको छ । नेपाल सन् २०१३ यता यूरोपेली यूनियनको कालोसुचीमा रहेको छ । 

त्रिभुवन विमानस्थलको क्षमता बिस्तार, भैरहवा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसमेत एडीबीकै ऋण सहायतामा अगाडी बढेका परियोजना हुन् ।

कार्यक्रममा सहसचिव नेपालले नेपालको हवाई सुरक्षा अभिवृद्धिमा यो सहायता महत्वपूर्ण सावित हुने बताए भने एडीबीका कन्ट्री म्यानेजर खामुदखानोवले विमानस्थलहरुको कमजोर सेवा सुधार, नीतिगत सुधारका माध्यमबाट नेपालको अर्थतन्त्रमै सहयोग बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved