सरकारलाई पुँजीगत खर्चको लक्ष्य पुरा गर्न आज मात्र २ खर्ब बढी रकम खर्च गर्नु अवस्था आएको छ । चालु आर्थिक वर्ष सकिन एक दिन मात्र बाँकि रहँदा सरकारको पुँजीगत खर्च ४४.२९ प्रतिशत मात्र छ ।
असार ३० गते सम्म सरकारले पुँजीगत तर्फ १ खर्ब ८० अर्ब ७० करोड खर्च गरेको छ । चालु आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब छुट्याईएकोमा लक्ष्य पुरा गर्न आज मात्र २ खर्ब २७ अर्ब २९ करोड खर्च गर्नु पर्ने अवस्था आएको हो ।
चालु आर्थिक वर्ष सकिन एक दिन मात्र बाँकि रहँदा सरकारको कुल खर्च लक्ष्यको ७०.५० प्रतिशत छ। जसमा चालु खर्च लक्ष्य ८२.१२ प्रतिशत खर्च भएको छ भने पुँजीगत ४४.२९ प्रतिशत र वित्तीय व्यवस्थामा लक्ष्यको ६७.९७ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष सकिन १ दिन बाँकि रहँदा राजश्व लक्ष्य भने ६९.१२ प्रतिशतमात्र पुरा भएको छ । सरकारको अनुदान लक्ष्य भने २८.९९ प्रतिशत मात्र रहेको छ ।