चेम्बरले भन्यो 'मौद्रिक नीति सकारात्मक तर कार्यन्वयन चुनौतिपूर्ण'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 05:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिलाई नेपाल चेम्बर अफ कमर्सले सकारात्मक रुपमा लिएको जनाएको छ । आफुले दिएको सुझाव ७५ प्रतिशत भन्दा बढि सम्बोधन भएको भन्दै चेम्बरले मौद्रिक नीति स्वागत योग्य रहेको प्रतिक्रिया दिएको हो । 

चेम्बरल कोरोनाबाट प्रभावित पेशा, उद्यम र व्यवशायको कर्जामापहुंच अभिवृद्धि गर्न पुंनरकर्जा सँम्बन्धि व्यवस्थामा परिमार्जन गर्दै पुंनरकर्जाको लागी उपलब्ध कोषको ५ गुणा सम्म उपलब्ध गराउने व्यवस्थाले व्यवशायमा सहजीकरण हुने अपेक्षा  गरेको छ । यसका साथै लकडाउनको अवस्थामा उद्योग व्यवसायका स्थायी खर्चहरुको लागि तरलताको चरम अभाव सृजना भएको अवस्थामा चैत्र महिनाको चालु पँुंजीमा २० प्रतिशत थप कर्जा प्रवाह गरिने व्यवस्थाले व्यवसायीहरुलाई राहत पुगेको चेम्बरले उल्लेख गरेको छ । 

विषम परिस्थितिमा कोभिडबाट कम, मध्यम र अतिप्रभावित पेशा र व्यवशायमा प्रवाह भएका कर्जाको सावाकिस्ता र व्याज रकमलाई भुक्तानी अवधी थपिएको प्रति चेम्बरले स्वागत गरेको छ । 

चेम्बरले कृषि क्षेत्रमा २०८० असार मसान्त सम्मकूलकर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाहगर्नु पर्नेे, कृषि विकास वैंकलाई कृषि क्षेत्रको अगुवा बैंकमा विकसित गर्ने, किसान क्रेडिट कार्डको व्यवस्था आदि प्रशंसनीय रहेको जनाएको छ । त्यस्तै २०८१ आषाढ मसान्तसम्म कूलकर्जा लगानीको न्यूनतम १० प्रतिशत यस क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधानले थप गतिशिलता आई अर्थ व्यवस्थामा ठोस टेवापुग्ने अपेक्षा चेम्बरले लिएको छ ।

कोरोनाबाट अति प्रभावित पर्यटन लगायत  संम्बन्धित क्षेत्रहरुमा   पुंनरुत्थानकालागी चांलु पूंजिकर्जा, सहुलियतपूर्ण कर्जा र पुनंकर्जा प्रवाहमा आवश्यकता अनुसार उपलब्ध गराउन मौद्रिकनीतिले प्राथमिकता दिएको अत्यन्तै सह्राहनीय रहेको चेम्बरले जनाएको छ । वाणिज्य बैंैंकहरुले २०८१ आषाढ मसान्तसम्म  लघु, साना एवं ममझौला उद्यमका क्षेत्रमा  एक करोडभन्दा कमका कर्जाहरु आफ्नो कूलकर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाहगर्नु पर्ने व्यवस्था विगतभन्दा निकै भिन्न र प्रभावकारी व्यवस्था भएको चेम्बरले महशुस गरेको छ ।

बैंकहरुले कायम गरेको कर्जा पुँजीको अनुपात (सिसिडि) ८५ प्रतिशतमा पु¥याइएको र यसबाट लगानी योग्य रकमको अभाव हुन नदिन र यसको ऋणमा व्याजदरमा समेत केही कमी आउने विश्वास चेम्बरले गरेको छ । यसका साथै बैंक तथा वित्तीय संस्थाहरु, विग मर्जर हुँदा विभिन्न प्रकारका सहुलियत दिने व्यवस्था समेत उचित रहेको चेम्बरको बुझाई रहेको जनाएको छ । 

वाणिज्य वैंकले अधिकततम ०.७५ प्रतिशत, बिकाश वैंकले १ प्रतिशत र लघु बित्तले १.५ प्रतिशतभन्दा वढि सेवाशुल्क लिन नपाउने व्यवस्था अत्यन्त सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । यस्तै स्प्रेड दर घटाउने बिषयमा चेम्बरको सुझाव रहेकोमा यस बिषयमा मौद्रिक नीति मौन रहेको पनि चेम्बरले उल्लेख गरेको छ ।

 यस्तै चेम्बरले मौद्रिक नीति कार्यान्वयन पक्ष निकै चुनौतिपूर्ण रहेको समेत उल्लेख गरेको छ । पुनरकर्जा सम्वन्धी कार्यबिधिहरु सरल, सहज र स्पष्ट हुनु पर्दछ । यस सम्बन्धमा जारी हुने कार्यबिधि छोटो समयबाट उद्योगी व्यवसायीले प्राप्तगर्ने प्रक्रियामा आधारित हुनुपर्ने चेम्बरको तर्क छ । यस्तै मौद्रिक नीतिले वित्तिय सन्तुलन कायमगर्दै नेपाल सरकारले लिएको लक्ष्य हासिलगर्न सहयोग पुग्ने विश्वास लिएको चेम्बरले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved