मौद्रिक नीतिको स्वागत गर्दै परिसंघले दियो गभर्नरलाई धन्यवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 07:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि घोषणा गरेको मौद्रिक नीतिमा आफ्ना अधिकांश माग पुरा भएको भन्दै नेपाल उद्योग परिसंघले गभर्नरलाई धन्यवाद दिएको छ । नेपालको निजी क्षेत्रलाई बचाउने गरि मौद्रिक नीति ल्याएकोमा परिसंघले राष्ट्र बैंकका सञ्चालक समिति तथा गभर्नरलाई धन्यवाद दिएको हो ।

बन्दाबन्दिको सुरुवातसंगै परिसंघले देशको अर्थतन्त्र तथा उद्योग व्यवसायलाई जोगाउन नेपाल सरकार तथा सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै वित्तीय नीतिको साथै मौद्रिक नीतिले केहि विषयहरु सम्बोधन गर्नु पर्ने राय राख्दै आएको थियो । सोहि अनुरुप प्रस्तुत मौद्रिक नीतिले विविध विषयहरुलाई सम्बोधन गरेको परिसंघले जनाएको छ । परिसंघले समयको अन्तरालमा लगानीको ब्याजलाई कम्तिमा ५ प्रतिशतले घटाउनु पर्ने मागलाई प्रस्तुत मौद्रिकनीतिले सम्बोधन गरेको उल्लेख गरेको छ । 

 कृषिमा अनिवार्य लगानी १५ प्रतिशतमा बढाईनु र कृषि बण्डको अवधारणा ल्याईनु समेत सकारात्मक रहेको परिसंघले उल्लेख गरेको छ । त्यस्तै ऊर्जालाई प्राथमिकता दिदै यस क्षेत्रमा समेत बण्डको अवधारणाले ऊर्जा उत्पादनको लगानीमा वृद्धि हुने महशुस गरेको परिसंघले जनाएको छ । समग्रमा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योग व्यवसायलाई जोगाई राख्न मद्दत गर्नेे विश्वास रहेको परिसंघले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved