४५ रुपैयाँ मै एक क्वीन्टल चामल !

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Jul 21, 2020 | 01:42:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एक क्विन्टल अर्थात एक सय किलो चामलको मूल्य कति पर्ला ? एक किलोको न्यनुतम ४० रुपैयाँ मान्ने हो भने पनि एक क्विन्टलको ४ हजार मूल्य पर्छ  । तर सुनसरीका एक व्यापारीले ४५ रुपैयाँमा नै एक क्वीन्टल चामल उपलब्ध गराईदिने भन्दै आवेदन दिएका छन् । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौँसहित तराइका ६ जिल्लामा चामल खरिदको लागि आह्वान गरेको सार्वजनिक बोलपत्र (टेन्डर) मा उनले उक्त निवेदन दिएका हुन् । 

कम्पनीले एक लाख क्वीन्टल चामल खरिदका लागि चौथाँ पटक आह्वान गरेको टेन्डरमा सुनसरीका ती व्यापारीसगैँ अन्य ६ स्थानका लागि कम्पनी छनौट गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै ७ स्थानमा छनौट भएका खरिदकर्तालाई १५ दिनभित्र सम्झौता गर्न आउन आग्रह गरेको छ ।

उक्त सुचनाको पहिलो नम्बरमा कम्पनीको प्रादेशिक कार्यालय विराटनगरका लागि ५ हजार क्वीन्टल सोना मंसुली चामल खरिद गर्न सुनसरीका व्यापारी काशिप्रसाद अग्रवालको नाम देख्न सकिन्छ । उनले गिरीधारी फुड एण्डष्ट्रिज, दुबही–४ सुनसरी ठेगाना राखि प्रति क्वीन्टल ४५ रुपैयाँ ३९ पैसा रहने गरी टेन्डर दर्ता गरेका थिए । 


खाद्यका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार टेण्डर सार्वजनिक गर्दा प्रति क्वीन्टल राखिएको र सार्वजनिक खरिद मू्ल्य अुनसार सबैभन्दा कम मूल्य राखेर आवेदन दिएका कम्पनीलाई छनौट गरिएको हो । ‘हामीले थौरै मूल्य जुन छ, त्यहीलाई छनौट गर्ने हो, उहाँको गल्ति रहेछ, किलोकोे ठाउँमा क्वीन्टल राखेर आबेदन राख्नुभएछ भन्न हामीले मिल्दैन’, उनले भनिन्, ‘यदि उहाँ हामीले तोकेको समयभित्र सम्झौता गर्न आउनुभएन भने नियमानुसार कारवाही गर्छौँ ।’ 

यता निवेदन दिने काशीप्रशाद अग्रवाल प्रति किलोका रुपमा आफुले सबै डकुमेन्ट तयारी पारेको तर टेन्डर दर्ता गर्दा किलो र क्वीन्टल दुबै छुट्याएको दाबी गर्छन् । ‘मैले किलो र क्वीन्टल दुबै राख्न छुटाएछु, गल्ती मेरो हो, गल्ती भएको भन्दै मैले निवेदन दिएको छु, उनले भने, ‘अब कम्पनीले जे भन्छ त्यही अनुसार काम गर्छु ।’ उनले निवेदन दिदा खाद्यमा ६ लाख ४५ हजार नगद धरौटी पनि राखेका छन् ।  

छनौट भएका ७ स्थानका खरिदकर्तालाई कम्पनीले सोमबार एक सुचना जारी गर्दै १५ दिनभित्र सम्झौता गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार सम्झौता गर्न १५ दिनको सयम राखिएको छ, सम्झौता भएको २ महिनाभित्र तोकिएको परिमाणको चामल सम्बन्धित स्थानमा पु¥याईसक्नुपर्नेछ ।

कुन ठाउँको लागि कति ?

कम्पनीले प्रादेशिक कार्यालय विराटनगरका लागि पाँच हजार क्विन्टल सोना मंसुली, शाखा कार्यालय लहानका लागि नौँ हजार ५ सय क्वीन्टल सोना मंसुली र पाँच हजार क्वीन्टल स्टीम जिरा मसिनो चामल गरि १४ हजार पाँच सय क्वीन्टल, शाखा कार्यालय विरगन्जका लागि पाँच हजार क्वीन्टल स्टीम जिरा मसिनो चामल खरिद गरिनेछ । 

यसैगरी प्रादेशिक कार्यालय काठमाडौँका लागि दश हजार क्वीन्टल सोना मंसुली र पाँच हजार क्वीन्टल स्टीम जिरा मसिनो चामल, मुख्य शाखा कार्यालय नेपालगञ्जमा १९ हजार क्वीन्टल अरुवा जिरा मसिनो चामल र एक हजार क्वीन्टल स्टीम जिरा मसिनो चामल, प्रादेशिक कार्यालय सुर्खेतमा १७ हजार क्वीन्टल अरुवा मोटा चामल र तीन हजार क्वीन्टल स्टीम जिरा मसिनो चामल र प्रादेशिक कार्यालय धनगढीमा १९ हजार क्वीन्टल अरुवा मोटा चामल र एक हजार क्वीन्टल स्टीम जिरा मसिनो चामल खरिद हुने कम्पनीले जनाएको छ । 

चामल खरिदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो । त्यसैगरी देस्रो र तेस्रो पटक १५÷१५ दिनको समय राखेर पुनः वैशाख १० र जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो । चौथौँ बोलपत्र असार ९ गते १५ दिनको अबधि राखेर आह्वान गरिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved