नेपालको ब्यापार घाटामा कमी, आयात निर्यात पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 10:30:20 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्षमा नेपालको ब्यापार घाटामा कमी आएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीका कारण व्यापार घाटामा कमी आएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा व्यापार घाटामा १६.७१ प्रतिशतले कमी आएको हो । विभागका अनुसार गत आर्थिक वर्षमा नेपालको कुल ब्यापार घाटा ११ अर्ब ६४ करोड रहेको । अघिल्लो आव २०७५÷७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड रूपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

गत आर्थिक वर्षमा आयात तथा निर्यातमा समेत कमी देखिएको छ । अघिल्लो आवको तुलनामा १५ दशमलव ६३ प्रतिशतले आयातमा कमी आएको छ भने शुन्य दशमलव ९८ प्रतिशतले निर्यातमा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षमा १४ खर्ब १८ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा गत आर्थिक वर्षमा ११ खर्ब ९६ अर्ब रूपैयाँ बराबरको वस्तु आयात गरिएको छ । यस्तै अघिल्लो आवमा ९७ अर्ब १० करोड बराबरको निर्यात भएकोमा गत आबमा ९६ अर्ब १५ करोड बराबरको निर्यात भएको छ ।

विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार १४.६९ प्रतिशत हुदा करिब १३ अर्ब कराबरको व्यापार भएको छ । गत आवमा १२ अर्ब ९२ अर्ब ९५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ भने अघिल्लो वर्ष १५ अर्ब १५ अर्ब ६४ करोड बराबरको व्यापार भएको थियो । विभागको तथ्यांकानुसार एक वर्षको अवधिमा १ सय ५६ देशसँग वैदेशिक व्यापार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved