आइरन र स्टीलमा मात्रै खर्ब बढीको ब्यापार घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 04:48:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मूलुकले गत आर्थिक वर्ष २०७६/०७७ मा फलाम र स्टीलको आयातबाट मात्रै १ खर्ब बढीको ब्यापार घाटा ब्यहोरेको छ । एक वर्षमा आइरन र स्टीलको आयातमा मात्रै १ खर्ब २ अर्ब ४४ करोड ५० लाख २३ हजार रुपैयाँ रकम बाहिरिएको छ । यो अवधिमा आइरन र स्टील १ अर्ब ७५ करोड १९ लाख १६ हजार रुपैयाँको निर्यात भएको छ ।

आयात र निर्यातको तुलना गर्दा मूलुकले आइरन र स्टीलमा मात्रै १ खर्ब ६९ करोड ३१ लख ८ हजार रुपैयाँ ब्यापार घाटा ब्यहोरेको छ । आइरन र स्टीलको आयात गर्दा १९ अर्ब २९ करोड ९८ लाख ५३ हजार रुपैयाँ राजश्व उठेको भन्सार विभागले जनाएको छ । 

फलाम र स्टील जन्य सामान पनि १९ अर्ब १४ करोड ६८ लाख ३७ हजार रुपैयाँको आयात भएको तथ्यांकले देखाएको छ । यस्ता बस्तु १ अर्ब १५ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । फलाम र स्टीलजन्य सामानमा मात्रै १७ अर्ब ९९ करोड ४० लाख ४० हजार रुपैयाँ ब्यापार घाटा छ । यस्ता बस्तुको आयातमार्फत ३ अर्ब ७९ करोड ८२ लाख १५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved