जारको पानीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 04:23:05 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रशोधित पिउने पानीको मूल्य निर्धारण गरेको छ । पानी उद्योगहरुको निरीक्षण गरेर जारको पानीमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको विभागले जनाएको छ । यसअघि प्रति जार ६० रुपैयाँ कायम गरी बिक्री वितरण हुदैँ आएकोमा १० रुपैयाँ घटाएर प्रति जार ५० रुपैयाँ तोकिएको छ । 

भदौ १० गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर र काभे्रपालान्चोक गरी चार जिल्लामा प्रतिजार ५० रुपैयाँ कायम हुने जनाइएको छ । पिउने पानीको उत्पादन र बिक्री वितरणलाई सुव्यवस्थित गरी उपभोक्ताले सुलभ तरिकाले सुपथ मूल्यमा जार तथा बोतलका प्रशोधित पिउने पानी प्राप्त गर्न सकुन् भनेर मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । 

गत असार २५ गते विभागले अनुगमन शाखाका निर्देशक सागर मिश्रको संयोजकत्वमा ५ सदस्यीय स्थलगत निरीक्षण समिति गठन गरेको छ । एक महिनाको अबधिमा उक्त समितिले २१ पानी उद्योगको अनुगमन तथा अध्ययन गरेर मूल्य निर्धारण गरेको जनाइएको छ । 

उक्त समितिमा सदस्यका रुपमा खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एसोसिएसनका महासचिव धुव्रबहादुर गौतम र विभागका अनुगमन अधिकृत ध्रुव खनाललाई राखिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved