अब कम्पनी दर्ता अनलाईनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 03:57:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनी रजिष्ट्रार कार्यालयले भदौ १ गतेदेखि अनलाईनमार्फत आएका निवेदनलाई आधार बनाएर नयाँ कम्पनी दर्ता गर्ने तयारी गरेको छ । कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो छरितो बनाउने उदेश्यले अनलाईनमार्फत निवेदन पठाउन आग्रह गरेको छ । 

कार्यालयका सूचना अधिकारी तुल्सीराम गैरेका अनुसार प्रस्तावित प्रबन्धपत्र र नियमावली बाहेक अन्य कागजी विवरण आवश्यक पर्दैन । अनलाईन मार्फत पेश गरेका काजजातलाई नै आधिकारिक मान्दै अद्यावधिक गरिने उनले जानकारी दिए । 

नयाँ तथा पुराना कम्पनीहरुलाई कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरिक्षण प्रतिवेदन लगायतका सबै विवरणहरु अनलाईन मार्फत बुझाउन समेत आग्रह गरेको  छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved