अर्थविद भन्छन्, 'अर्थमन्त्रीले हचुवामा बोले, भारतको अर्थतन्त्रले नेपाललाई पनि छुन्छ !'

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 01, 2020 | 07:49:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणलाई ध्यानमा राख्दै लामो समयदेखि गरिएको बन्दाबन्दी र निषेधाज्ञाले नेपालको आर्थतन्त्रमा नकारात्मक असर देखिने सम्भावना देखिएको अर्थविद्हरुले बताएका छन् । छिमेकि देश भारतको आर्थिक वृद्धि  ४० वर्षपछि ऋणात्मक भईरहँदा नेपालमा पनि नकारात्मक असर देखिने अर्थविद्हरुले बताएका हुन्। 

 भारतको तथ्याँक विभागले सार्वजनिक गरेको अप्रिलदेखि जुनसम्म ३ महिनामा भारतको आर्थिक वृद्धि २३.९ प्रतिशत ऋणात्मक भएको देखिएको छ । उपभोग, उत्पादन, लगानी र निर्यात व्यापारमा व्यापक गिरावट आएपछि यसको असर अर्थतन्त्रमा परेको हो । भारत सहित विश्वका विभिन्न देशका अर्थतन्त्र नकारात्मक दिशातिर लाग्दा यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिएको विज्ञको  तर्क छ । 

बरिष्ठ अर्थविद् डा चन्द्रमणि अधिकारी भारतको अर्थतन्त्र नकारात्मक दिशामा जानुको प्रत्यक्ष असर नेपालमा पर्ने अनुमान गरिएको बताउँछन् । नेपाल भारत लगायतका देशसँग परनिर्भर हुँदा अर्थतन्त्रमा ठूलो धक्का पुग्न सक्ने उनको भनाई छ। उनी भन्छन् 'नेपालको उत्पादन कमजोर हुँदा लगानी तथा बैदेशिक सहायतामा परनिर्भर हुनपरेको छ । विश्वका अरु देशहरु एक आपससँग अन्तरसम्बन्धीत छ, तर नेपाल भारत लगायतका देशमा परर्निभर हँदा प्रत्यक्ष असर पर्ने देखिन्छ । '

अर्थतन्त्र अझै नकारात्मक दिशातर्फ लाग्यो भने भारतले भन्सार देखि सबै क्षेत्रमा नितिगत रुपमा परिर्वतन गर्ने सम्भावना रहेकोले उता परिवर्तन हुँदाको असर नेपाली बजारमा पर्ने उनको भनाई छ। 

त्यस्तै अर्थविद् डाक्टर डिल्लीराज खनाल पनि कोरोना संक्रमण बृद्धिको दर अनुसार अर्थतन्त्रमा असर पर्ने अनुमान गरिएको बताउँछन् । कोरोनाले गर्दा उद्योग, कलकारखाना बन्द रहेको, विदैशिक रोजगारीमा गएका नेपालीहरु फर्किएको, केही उतै वेवारिस बनेको लगायका कारण आर्थिक गतिविधि रोकिदा नेपाल जस्तो सानो देशमा धेरै नकारात्मक असर पर्ने उनको भनाई छ । कोरोनाको जोखिम जति धेरै लम्बिन्छ त्यही अनुसार नेपालको अर्थतन्त्रमा देखिने ऋणात्मक असरमा बृद्धि हुँदै जाने उनी बताउछन् । 

उनका अनुसार चालु आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेकोमा त्यसमा पनि धक्का पुग्ने उनी बताउँछन् । उनी भन्छन् 'सरकारले बिना तयारी बजेट ल्याएको हो, कोरोनाको असर देखिदा बिना योजना ७ प्रतिशत बृद्धि भन्नु नै हचुवाको भरमा भनिएको हो । बजेटमा पूनविचार गर्नुपर्छ । '

त्यस्तै अर्थविद् डा विश्वास गौचन पनि भारतकै तुलनामा नेपालको अर्थतन्त्र ऋणात्मक नभएपनि ऋणात्मक तर्फ जाने अनुमान गरिएको बताउँछन् । उनी भन्छन् 'असोजसम्मको अवस्था हालको जस्तै देखियो भने आर्थिक अवस्था ऋणात्मक हुन्छ, सामान्यतया दशै पछि आर्थिक चलायमान हुने गर्छ । दशैसम्म अवस्था सामान्य नभएमा ४ प्रतिशतसम्म ऋणात्मक हुनसक्छ । '

उनका अनुसार सरकारले ७ प्रतिशतको आर्थिक बृद्धि सामान्य अवस्थामा समेत सम्भव छैन। उनी भन्छन् ' सबै अवस्था सामान्य हुँदा गत आवभन्दा अघिका तीन आर्थिक वर्षको तुलना अनुसार हालको अवस्थामा सम्भव देखिदैन । ' उनका अुनसार गत असारसम्म रेमिट्यान्समा बृद्धिहुँदा आर्थिक बृद्धिदर बढेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved