आर्थिक बर्षको पहिलो महिनामा बढ्यो शोधनान्तर बचत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 07:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा देशको शोधनान्तर बचत ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा सोधानान्तर स्थिति २५ अर्ब ४१ करोड रुपैयाँले बचत भएको छ । जुन गत आवको सोही अवधिमा भने सोधानान्तर स्थिति ९ अर्ब ३४ करोड घाटामा रहेको थियो ।

 त्यस्तै, अमेरिकी डलरमा शोधनान्तर स्थिति गत आवको पहिलो महिनामा ८ करोड ३४ लाखले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा २१ करोड २१ लाख रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

शोधनान्तर स्थिति भनेको कुनै पनि एक देशले विश्वका अन्य देशकसँग गरेको मौद्रिक कारोबारको स्थितिलाई बुझाउँछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved