६० रुपैयाँ प्रतिकिलोमा प्याज किन्न उपभोक्ताको लाइन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 01:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा बजार कम्पनी लिमिटेड थापाथलीमा प्याज किन्ने उपभोक्ताको भीड लागेको छ । काठमाडौँ महानगरपालिका र वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा बजारबाट जफत गरिएका प्याज खाद्यले ६० रुपैयाँ प्रतिकोलामा बिक्रि गर्दै आएको छ ।  

खाद्यले सहुलियत मूल्यमा प्याज बेच्न थालेपछि किन्ने उपभोक्ताको भिड लागेको हो । खाद्यले शुक्रबारदेखि प्याज बिक्री गर्न थालेको हो । 

बजारमा प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि रहेको प्याज खाद्यले सस्तोमा बेच्दै छ । एक जनालाई ३ किलोसम्म प्याज बिक्री गरिँदै आईएको खाद्यले जनाएको छ । बल्खु तथा कालीमाटी बजारबाट महानगर र विभागले १२ हजार किलो प्याज जफत गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved