नेपालको चेतावनी पछि डरायो चीन, बन्द नाका खुलाउन राख्यो यस्तो सर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 10:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ क्षेत्रमा गएको पहिरोका कारण रसुवागढी नाका पुनः अवरुद्ध भएको छ । निरन्तर परेको वर्षाका कारण चीनतर्फको बाटोमा ठूलो पहिरो जाँदा तीन दिनयता नाका अबरुद्ध भएको हो।

चिनियाँ पक्षसँग भएको सम्झौता अनुसार दैनिक ५ कन्टेनर नेपाल भित्र्याउने भनेपनि पहिरो तथा अन्य कारणले नाका अबरुद्ध हुँदै आएको छ । पछिल्लो समय दैनिक एक दुई वटा कन्टेनर आउने गरेकोमा पहिरोका कारण तीन दिनदेखि नाका बन्द भएको नाका प्रमुख पुण्डबिक्रम खड्का बताउँछन् । 

-चीनको एकतर्फी 'नाकाबन्दी' ले नेपाली व्यवसायीको उठिबास, जोखिममा बैंकको १० अर्ब
-सत्तापक्षले नसुनेपछि विपक्षीसँग व्यवसायीको हारगुहार, चीनसँग वार्ता गरिदिन आग्रह


आज चिनियाँ टोली पहिरोका कारण अवरुद्ध भएको बाटोको अवलोकन गर्न आएको छ । अवलोकन गरेको दुई दिनभित्र नाका पुनः सञ्चालन भैसक्ने उनीहरुले दाबी गरेको प्रमुख खड्काले जानकारी दिए।

चिनियाँ पक्षले पहिरो र कम्जोर सडक पूर्वाधारका साथै कोरोनालाई कारण बनाएर लामोसमयदेखि बन्द गरेको नाका गत असोज ८ देखि खुलाउन तयार भएको थियो। तर केहि दिन यताको पहिरोको कारण नाका आफैं अवरुद्ध भएको छ।

गत पुष देखि नै चीनबाट नेपाल समान ल्याउने दुवै नाका ठप्प छन्। चीनले केरुङ रसुवा नाका कोभिडलाई कारण देखाएर बन्द गरेको छ भने खासा तातोपानी नाका खासा भन्दा करिब ३५ किलोमिटर माथिको 'कयानोल कु' ताल फुट्ने सम्भावना देखाएर बन्द गरेको छ।

-‘चीनमै ६० करोडको स्याउ फाल्यौं, ओली सरकारले सुनेन, बैंकले बुझेनन्’ (भिडियोसहित)
-सरकारले नसुनेपछि चिनियाँ दुतावास घेर्ने नेपाली व्यवसायीको तयारी


नाका खुलाउन आनाकानी गरिरहेको चीनले गत सातामात्रै नेपालसँग रसुवागढी नाकामा पिसिआर परिक्षण सहज बनाउन आग्रह गरेको थियो। प्रत्यक्ष रुपमा नाकामै पिसिआर मेसिन राख्न नभनेपनि कम्तिमा रसुवागढीमै पिसीआर परिक्षण हुने व्यवस्था हुनुपर्ने चीनको आशय रहेको खड्काले बताए। चिनियाँ पक्षको मागबारे भन्सार कार्यालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा जानकारी गराईसकेको उनको भनाई छ । 

नेपालले चीनसँग नाका खुलाउने र नाकामा सहज व्यवस्था गर्ने विषयमा छलफलको लागि प्रस्ताव गरेपनि बेवास्ता भएपछि भारतमा निर्भर हुन बाध्य हुने चेतावनी दिएको थियो। नेपाल सरकारको उक्त चेतावनी पश्चात चिनियाँ पक्षले उद्योग मन्त्रालयमा छलफल गरेको थियो ।   

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार नेपालको चेतावनीपछि चिनियाँ अधिकारीले पीसीआर परीक्षणको सहज नहुनु र पूर्वाधारका कारण नाकामा अबरोध आएको बताएका थिए । नेपाली पक्षले नै पूर्वाधार निर्माणमा ध्यान नदिँदा नाकामा अबरोध आउने गरेको भन्दै उनीहरुले पूर्वाधार निर्माणमा पहल गर्न नेपाली पक्षलाई आग्रह गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved