बिहीबारबाट होम डेलिभरी सेवा सहित २९ स्थानमा सुपथ मूल्य पसल, के मा कति छुट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 01:56:23 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट सुपथ मूल्य पसल संचालन गर्न  भएको छ ।  कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुमति पश्चात दशैंलाई लक्षित गर्दै २९ वटै स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

कम्पनीले काठमाडौँ उपत्यकाका ५ स्थानमा र  उपत्यकाका बाहिरका २४ पसल संचालन गर्न लागेको हो । कम्पनीको थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरलाई नै सुपथ मूल्य पसलका रुपमा राखिएको हो । 

कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट मासु तथा तरकारीमा प्रतिकिलो १० र चामलमा प्रति किलो ५ रुपैयाँ छुट दिने भएको छ ।  कम्पनीका सामग्री बाहेक सुपथ मूल्य पसलबाट साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थाका उत्पादन समेत बिक्री गर्ने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेन्त्रप्रसाद सुवेदीले जानकारी दिए । 

त्यस्तै पसलमा विभिन्न प्रकारका चामल, कर्णालीका सिमी, दाल लगायतका समान पनि बिक्रि हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले  अनलाइनबाट नै सामान अर्डर गर्न सक्नेछन् भने चक्रपथ भित्र निशुल्क होम डेलिभरी सेवा समेत प्रदान गरिने छ । यस अघि अनुगमनको क्रममा जफत गरिएको प्याज भने अस्वी बिक्रि भईसकेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved