नेपालको अर्थतन्त्र गम्भीर मोडमा, यस वर्षको आर्थिक वृद्धि शुन्य प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 07:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले सन् २०२० मा नेपालको आर्थिक वृद्धि दर शुन्य प्रतिशत रहने प्रक्षेपण गरेको छ । 'वल्ड इकोनोमिक आउटलुक' सार्वजनिक गर्दै  आईएमएफले सन् २०२० मा नेपालको आर्थिक वृद्धि दर शान्य दशमलव ० प्रतिशत हुने प्रक्षेपण गरेको हो । आईएमएफले सन् २०२१ मा आर्थिक वृद्धि सुधार भई २.५ हुने र सन् २०२५ मा आर्थिक वृद्धि ५.० प्रतिशत हुने प्रक्षेपण गरेको छ । 

आईएमएफले गरेको यो प्रक्षेपण केहि दिन अघि मात्र विश्व बैंकले गरेको प्रक्षेपण भन्दा पनि कम हो । विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशत हुने र सन् २०२१ मा आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालू आर्थिक वर्ष २०७७/७८ आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ ।  

आईएमएफले सन् २०२० मा बंगलादेशको आर्थिक वृद्धिमा १.७ प्रतिशतले , भारतको १०.३ प्रतिशतले , माल्दिभ्सको १८.६ प्रतिशतले, श्रीलंकाको ४.६ प्रतिशतले , पाकिस्तानको ०.४ प्रतिशतले र अफगानिस्तानको ५ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । भुटान र चीनले भने क्रमश ०.६ प्रतिशत र १.९ प्रतिशत आर्थिक वृद्धि गर्ने आईएमएफको प्रक्षेपण छ ।  

आर्थिक वृद्धि शुन्य वा ऋणात्मक हुँदा अर्थतन्त्रमा गम्भीर मन्दी आउने अर्थविदहरु बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved