सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ : अर्थमन्त्री पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 04:35:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् । 

उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्धन गर्ने बताउँदै नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको फिडब्याक लिएर काम गर्ने बताएका हुन् । उद्योगी तथा व्यावसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताए । 

स्रोतको सिमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोही अनुसार काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरे । 

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले कोभिड–१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved