कागजमै बाहिरिन्छ वर्षेनी २० अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 12:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले ३ दर्जन बस्तुहरुमा आत्मनिर्भर नजिक छौँ भनेर नाम नै किटान गरेपनि सम्भावना भएर पनि स्टेशनरी उत्पादन नहुँदा वर्षेनी अर्बौ रुपैयाँ विदेशीने गरेको छ । नेपालको स्टेशनरी बजारको कुल मागको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धान्ने गरेको उद्योगीहरुको भनाई छ । तर, बजार माग अनुसारको कागज स्वदेशमै उत्पादन गर्न सकिने भएपनि नीतिगत पहल नहुँदा कागज किनेरै हरेक वर्ष २० अर्ब नेपाली रुपैयाँ विदेशिने गरेको स्टेशनरी इन्डष्ट्री एसोसियसनका निवर्तमान अध्यक्ष शुनिल गोपाल श्रेष्ठको भनाई छ ।

‘उडपल्पमा भन्सार नलिऔँ’

कागज उत्पादनका लागि आवश्यक पर्ने पल्प नेपालमा उत्पादन हुँदैन । कडा खालका फोटोकपी पेपर जस्ता कागजहरु उत्पादन गर्न ‘उडपल्प’ प्रयोग गरिन्छ । तर, भविष्यमा पनि उडपल्प नेपालमै बन्ने सम्भावना छैन । त्यस कारण उडपल्प नभई कागज नबन्ने हुनाले उडपल्पमा लाग्दै आएको भन्सार शुल्क छुट पाउनुपर्ने नेपालका कागज उद्योगीहरुको भनाई छ ।

‘अहिले कागज उत्पादनमा चाहिने उडपल्प ब्राजिल, चीलि र इन्डोनेशीयामा धेरै पाइन्छ, यो एक किसिमको रुख नै हो’ स्टेशनरी इन्डष्ट्री एसोसियसनका निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘बंगलादेशले पनि उडपल्पको आयातमा भन्सार छुट दिने गरेको छ, कच्चा पदार्थमा भन्सार नलिने बरु बस्तु नै उत्पादन गरेर निर्यात गर्ने बंगलादेशकै मोडल लागू गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

नेपालले उडपल्पको आयातमा ५ प्रतिशत भन्सार लिँदै आएको छ । 

‘१० अर्ब बचाउन लागौँ’

उद्योगी व्यवसायीहरुले कागज उत्पादन बढाउन सकिने प्रशस्त आधारहरु रहेपनि सरकारले उद्योगलाई फस्टाउन दिने गरी नीति नबनाउँदा समस्या आएको बताउन थालेका छन् । कागज भनेको कच्चा पदार्थ हो, यो किताब छाप्न, पत्रपत्रिका छाप्न मात्रै प्रयोग हुन्छ भनेर बुझिएका कारण वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको उनीहरुको गुनासो छ । तर, कागज कच्चा पदार्थ नभई तयारी बस्तु नै रहेको र यसलाई मुख्य उद्योगका रुपमा समावेश गरिनुपर्ने उनीहरुको माग छ ।

उडपल्पको आयातमा भन्सार नलिने हो भने उत्पादन बढाउन सकिने र उद्योगीहरुले लगानी पनि बढाउन सक्ने निवर्तमान अध्यक्ष श्रेष्ठ बताउँछन् । अहिले भारत, चीन र इन्डोनेशीयाबाट बढी मात्रामा कागज आयात हुने गरेको छ । तर, पल्पको भन्सार हट्ने बित्तिक्कै वर्षेनी २० अर्ब बाहिरिनेमा १० अर्ब सिधा बचत हुने उनको भनाई छ ।

‘१० अर्ब लगानी थप गराउने र उद्योगी व्यवसायीलाई प्रोत्साहन गराउने नीति कतै देखिएन’ श्रेष्ठले भने, ‘उडपल्पको आयातमा लाग्ने भन्सार छुट दिने बितिक्कै स्वदेशी उत्पादनले हाम्रो मागको ८० प्रतिशत धान्ने अवस्था आउँछ र भविष्यमा निर्यात पनि गर्न सकिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved