संसदीय समितिद्वारा आयल निगमका आयोजनाको अनुगमन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 05:28:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले सञ्चालन गरेको परियोजनामा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारीहरुले निरीक्षण गरेका छन् । निगमले सञ्चालन गरेको सिलिगुरी–झापा पेट्रोलियम पाईपलाईन तथा एल पी जी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण स्थल र भद्रपुर विमानस्थलमा निर्माणधिन भण्डारण ट्याङ्क क्षेत्रको निरीक्षण गरेका हुन् । 

समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सदस्यहरु भिमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृता देवी अग्रहरीले निरीक्षण गरेका हुन् ।  निगमले प्रदेश १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण परियोजनाको कार्य सुरु गरेको छ । यसैगरी निगमले झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुरीबाट झापा पाईपलाईन जोड्ने परियोजनाको खाका तयार भईसकेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । 

उनका अनुसार उक्त पाईपलाईन सर्भे कार्य नेपाल आयल निगम तथा ईण्डियन आयल कर्पाेरेशनबाट संयक्त रुपमा सम्पन्न भईसकेको छ । संयुक्त सर्भे टोलीले पहिचान गरेका रुटमध्ये उपयुक्त रुटको एकिन गर्ने कार्य निगमको प्राविधिक टोलीले सम्पन्न गरेको उपाध्यायले जानकारी दिए । 

निगमले ४ हजार मेट्रिक टनको एलपी ग्याँस भण्डारण तथा एलपी ग्याँस बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तराष्ट्रिय परामर्शदाता नियुक्त गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved