विकासमा कसैले अवरोध गरे मलाई भन्नुः उर्जामन्त्री पुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 05:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीको समयमा मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिएका थिए । 

‘कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तिय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो’, मन्त्री पुनले भने, ‘आगामी दिनहरुमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर यो भन्दा राम्रो प्रगति देखिने गरी काम गरौं ।’

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ मिल्ने गरी काम गर्न निर्देशन दिए । मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्नेर कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ थियो । 

‘विगतमा इआइए नगरी, जमिनको मुआब्जा टुंगो नलगाइ ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्’, मन्त्री पुनले भने, ‘तपाईं कर्मचारीको जागिर छ । बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन । तर, २÷४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुंगा हान्न आउँछ । त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन ।’ 

उनले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै समाधान निकाल्न लागिपर्नेमा जोड दिए । वर्तमान सरकार विगतको जस्तो संक्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । 

ऊर्जा तथा सिंचाइ मन्त्रालयको प्रगति सन्तोषजनक 

कोरोना भाइरस (कोभिड–१९) महामारीको बीचमा समेत ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय र अन्तर्गतका निकायबाट निर्माणाधीन विकास आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छ । 

मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (एम्ड्याक) बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनहरुले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति औंल्याएको हो । 

शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा ऊर्जा मन्त्रालयतर्फका ९, जलश्रोत तथा सिंचाइतर्फका ४ निकायका प्रमुख तथा प्रतिनिधिले योजनाको प्रस्तुतिकरण गरेका थिए । 

ऊर्जा मन्त्रालयले पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तिय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस्तै सिंचाइतर्फको वित्तिय प्रगति ४२. ६६ र भौतिक प्रगति ७३. ६४ छ । मन्त्रालयको समष्टिगत वित्तिय प्रगति ६८.७३ प्रतिशत र भौतिक प्रगति ७६. ७४ प्रतशित छ । मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८ का लागि कूल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । यो कूल चौमासिक बजेटको ६८.७३ प्रतिशत हो । 

ऊर्जा तर्फका ४० मध्ये ११ आयोजनाको प्रगति ८० देखि १ सय प्रतिशतसम्म देखिएको छ । यस्तै १२ वटा आयोजनाको प्रगति ५० देखि ८० प्रततिशतसम्म छ । यस्तै ५० प्रतिशत वा सोभन्दा कम प्रगति भएका आयोजनाको संख्या १७ छ । यस्तै कूल ३३ आयोजना रहेका सिंचाइतर्फका १९ आयोजनाको प्रगति ८० देखि १ सय प्रतशित छ । ५० देखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या ७ छ । यस्तै ७ वटा आयोजनाको प्रगति भने ५० प्रतिशतभन्दा कम छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved