एनओयुमा छात्रवृत्तिको लागि निर्धारित कोटा भन्दा ३ गुणा बढीको आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 12, 2018 | 04:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खुला विश्वविद्यालयले आह्वान गरेको छात्रवृत्तिको लागि निर्धारित कोटाभन्दा झन्डै ३ गुणा बढी विद्यार्थीको आवेदन परेको छ । बिश्वबिद्यालयले ६२ जनालाई छात्रवृत्ति दिने गरी आवेदन माग गर्दै झन्डै ३ गुणा बढी अर्थात् १८० जनाले आवेदन दिएका हुन् 

बिश्वबिद्यालयका अनुसार सबै भन्दा बढी आवेदन नेपाली एमफिल (२५ जना ) र अंग्रेजी एमफिल (२३ जना) अन्तर्गतका विद्यार्थीबाट परेको छ । एलएलबि र पीजीडि कोर्सका विद्यार्थीबाट सबै भन्दा कम समान २-२ जनाबाट आवेदन परेको छ । 

यसै बर्षबाट पठनपाठन संचालनमा ल्याएको बिश्वबिद्यालयमा पहिलो बर्षमा बिभिन्न १६ बिषयमा ६ सय ६२ विद्यार्थी अध्यानरत छन् । यी मध्ये १० प्रतिशत अर्थात् ६२ जनालाई छात्रवृत्ति दिइने उपकुलपति लेखनाथ शर्माले बताए । जेहेन्दार, गरिब तथा समाबेशी, महिला , आदिबासी वा जनजाती, मधेसी , दलित, अपांग र पिछडिएको क्षेत्र अन्तर्गत छात्रवृत्ति दिइने उनले बताए । बिश्वबिद्यालयले असोज २४ गतेदेखि कार्तिक २० गतेसम्म छात्रवृत्तिको लागि आवेदन फारम माग गरेको थियो ।

बिशेषगरी जागिरेहरुको लागि खुला बिश्वविद्यालय  लोकप्रिय छ । जागिर खाने समयमा भन्दा बाहेकको समय पढाई हुने तथा आफ्नै घरमा बसेर अनलाइन मार्फत पढाई हुने हुनाले जागिर खानेहरु र बीचमै पढाई छोडेकाहरु यहाँ भर्ना भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved