डेढ करोडको लागतमा बन्यो महालक्ष्मीको भवन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 06:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

गत बर्षको विनाशकारी भुकम्पले ध्वस्त भएको ताप्ले–४ कोखे आहालेमा रहेको श्री महा लक्ष्मी उच्च माध्यामिक बिधालयले करिब एक करोड ५५ लाखको लागतमा बिधालय भवन निर्माण सम्पन्न भएको छ। 

बिधालयका पुर्व बिधार्थीहरुको बिशेष सक्रियता एवम पहलमा कोरियामा रहेका बिभिन्न चार दातृ संस्थाहरुको आर्थिक सहयोगमा १२ कोठे अत्याधुनिक बिधालय भवन बनेको हो।  

सोड नेपालसंगको समन्वयमा कोरियन होप फाउण्डेशन, हाम्सालिङ साउथ कोरिया, सोलिडार हुमन राइटस् एण्ड कल्चर र भिजन ट्वान्टी, ट्वान्टीको अर्थिक सहयोगमा दुइ तल्ले भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको बिधालयका प्राचार्य रहमतुल्लाह मियाँले जानकारी दिए। 

भूकम्प पश्चात पुन: निर्माण हुने जिल्लामा नै पहिलो बिधालय महालक्षमी नै भएको बिधालयले दावी गरेको छ। सोलार, सिसी क्यामेरा, कम्प्युटर ल्याव सहित बनेको बिधालयको अत्याधुनिक भवनको मंगलबार एक भब्य कार्यक्रमका बिच वाणिज्य मन्त्री रोमी गौचन थकालीद्धारा उद्घाटन गरेका छन्।
 
काठमाण्डौबाट भवन उद्घाटन गर्न हेलिकोप्टर चार्टर गरेर गोरखाको ताप्ले आइपुगेका मन्त्री गौचनले आफ्नै खर्चमा करिब एक लाख भन्दा बढि रकममा हेलिकोप्टर चार्टर गरेको बिधालय ब्यवस्थापनका अध्यक्ष देवी प्रसाद श्रेष्ठले दावी गरेका छन्। हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा हावाको जोडले अतिथीलाई स्वागत गर्न बनाइएको स्वागतद्धार ढलेर ताप्ले-९ का हरि प्रसाद भट्ट सामान्य घाइते भएका छन्। 

करिब साढे एक बजे ताप्लेमा ल्याण्ड गरेका मन्त्री कार्यक्रममा भने जम्मा एक घण्टा मात्र बसेर गोरखा सदरमुकाम फर्केका थिए।  सदरमुकाम  कार्यालय प्रमुखहरुसंग छलफल गरी बेलुका हेलिकोप्टर बाटै मन्त्री काठमाण्डौ फर्केका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved