कक्षा १२ को नतिजा सार्बजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 12, 2016 | 06:15:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को विज्ञान र संस्कृत बाहेक मानविकी, ब्यवस्थापन शिक्षा लगायतका सबै संकायको नतिजा सार्वजनिक भएको छ । बिज्ञान  संकायको नतिजा यस अघि नै सार्बजनिक भईसकेको छ । 

   सोमबार सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए। यि विषयका तीन लाख विद्यार्थी परीक्षामा सहभागी थिए ।

नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । साथै http://hseb.edusanjal.com/ मा पनि हेर्न सकिन्छ ।

विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका थिए। त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved