विवादको घेरामा एमबिबिएस छात्रवृत्ति वितरण, राज्यले विभेद गरेको मुस्लिम बिद्यार्थीको आरोप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 24, 2017 | 07:30:14 AM मा प्रकाशित

laxmi  sunrise bank

हरेक बर्ष एमबिबिएस अध्ययनका लागि दिईने छात्रवृत्तिमा याे बर्ष मुस्लिम बिद्यार्थी बन्चित भएका छन। त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतका कलेजहरुमा प्रदान गरिने तथा बिदेशबाट समेत हुने स्नातक तथा एमबिबिएस बिषयको छात्रवृत्तिमा मुस्लिम बिद्यार्थीलाई आरक्षणबाट बन्चित गरिएको हो। 

एमबिबिएस अध्ययनका लागि कुल ६४ जनालाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ। जसमा ४५ प्रतिशत अर्थात २९ सिट समाबेशी समानुपातिकका अाधारमा विभिन्न ११ क्लस्टरको लागि छुट्याइएको छ। जसमा मुस्लिम क्लस्टर बाहेकका बिद्यार्थीलाई मात्र आरक्षणको कोटा दिइएको छ। 

संबिधानमा नै समानुपातिक समावेसीको व्यवस्था रहेकोमा त्रिवीको एमबिबिएस छात्रवृत्तिमा भने मुस्लिम समुदायका बिद्यार्थीहरू भने आरक्षणको सुचीमा क्लस्टरमा भएपनि छात्रवृतिवाट बञ्चित गरिएको छ। 

आरक्षण सिट अन्तर्गत महिलालाई  ८ सिट छुट्ट्याईएको छ। जसमा २ प्रतिशत मुस्लीम महिलालाई छुट्याइएको थियो तर महिलातर्फबाट मुस्लिम महिलालाई आरक्षण अन्तर्गतको छात्रवृति दिइएको छैन। त्यस्तै आर्थिक रुपमा बिपन्न समुह अन्तर्गत २ प्रतिशत सिट मुस्लिमलाई छुट्ट्याईएको भएपनि यो सिटबाट समेत मुस्लिम बिद्यार्थीलाई बन्चित गरिएको छ। 

अन्य समुहहरुलाई आरक्षण अन्तर्गतको सिट दिएपनि मुस्लिम बिद्यार्थीलाई बन्चित गरिंदा सिंगो मुस्लिम समुदायले नै आफुहरुलाई अधिकारबाट बन्चित गराइएको महसुस गरेका छन। एमबिबिएस छात्रवृत्तिको आरक्षण कोटाबाट आफुहरुलाई हटाइएको भन्दै मुस्लिम बिद्यार्थी आन्दोलित बनेका छन। 

एमबिबिएस छात्रवृत्तिमा सहभागी एक बिद्यार्थीले राज्यले अंकको जालझेल गर्दै आफुहरुलाई अधिकारबाट बन्चित गरिएको बिजपाटिलाई बताएका छन। पिडित बिद्यार्थी भन्छन, अपांगलाई छुट्याइएको २ प्रतिशत सिट हिसाब गर्दा ०.५८ बिद्यार्थी हुन्छ भने मुस्लिमलाई छुट्याइएको २ प्रतिशतलाई आधार मान्दा पनि ०.५८ बिद्यार्थी हुन्छ तर अपांग अन्तर्गतको सिट दिइएको छ भने मुस्लिमलाई भने सिट नै दिइएको छैन। उनि अघि भन्छन, कुल आरक्षणको हिसाब गर्ने हो भने मुस्लिमलाई ४ प्रतिशत छुट्याइएको छ, जुन १.१६ बिद्यार्थी संख्या हुन आउँछ तर एक जनालाई पनि सिट दिइएको छैन।

पिडित बिद्यार्थीहरुले आरक्षण अन्तर्गतको सिटमा ठुलो आर्थिक चलखेल भएको आशंका गरेका छन। आर्थिक चलखेलकै कारण ४० बर्षको इतिहासमा पहिलो पटक चिकित्सा शास्त्र अध्यन संस्थानले लिईएकाे प्रवेस परीक्षा एमबिबिएस छात्रवृत्तिको परिक्षा स्थगित भएको थियो। 

पहिलो चरणमा एमबिबिएस छात्रवृत्तिको परिक्षामा ९००० बिद्यार्थी सहभागी थिए। प्रश्न पत्र आउट भएको भन्दै उक्त परिक्षा स्थगित गरि दोस्रो पटक लिइएको परिक्षामा ७ हजार ५०० बिद्यार्थी सहभागी थिए। जसमा करिब ३ हजार २०० जना पास भएका थिए। 

यिनै ३ हजार २०० बिद्यार्थीहरु मध्ये ६४ जनालाई त्रिविले पूर्ण छात्रवृत्ति दिने हाे ।  विभिन्न समुदायका तथा क्षेत्रका २९ जनालाई आरक्षण दिइए पनि  मुस्लिम बिद्यार्थी यसवाट बञ्चित भएका छन्  । जस कारण छात्रवृत्तिको परिक्षामा सामेल बिद्यार्थी मात्र नभई सिंगो मुस्लिम समुदायले आफुहरुलाई राज्यले विभेद गरेको महसुस गरेका छन। 

एमबिबिएस छात्रवृत्तिको पहिलो चरणको परिक्षामा 'एजेन्ट' हरु मार्फत बिद्यार्थीले इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेको भन्दै परिक्षा नै स्थगित गरिएको थियो। पहिलो चरणको परिक्षामा करिब ४ अर्ब रुपैयाँ बराबरको आर्थिक चलखेल भएको अनुसन्धानबाट खुलेको छ। 

सोहिबेलादेखिको आर्थिक चलखेलको कनेक्सन आरक्षण अन्तर्गतको कोटामा समेत जोडिएको बिद्यार्थीहरुको बुझाई छ। त्यसो त दोस्रो चरणमा भएको एमबिबिएस छात्रवृत्तिको परिक्षामा आफुहरुले भनेजस्तो नतिजा नआएको भन्दै २३ जना बिद्यार्थीहरुले आफ्नो उत्तर पुस्तिका हेर्न पाउँ भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन। उक्त रिटको पहिलो निर्णय गर्दै उच्च अदालत पाटनले पुष ११ गतेका लागि पेशी डाकेको छ।

निकै विवादास्पद बनेको एमबिबिएस छात्रवृत्तिमा आफुहरुलाई अन्याय गरिएको भन्दै पिडित बिद्यार्थीहरुले अदालतमा रिट दायर गर्ने बताएका छन। 'मुस्लिम अगुवाहरुलाई लिएर सम्बन्धित निकायमा जान्छौं, आरक्षण अन्तर्गत पाउनुपर्ने सिट नपाए अदालतको सहारा लिन्छौं' पिडित बिद्यार्थीले भने।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved