कक्षा ११ को नतिजा सार्वजनिक, फेल पास भन्ने नहुने (नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 05:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । शनिबार साँझ बोर्ड बैठकले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको हो।

बिषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक डम्बर बतासले बिजपाटिलाई जानकारी दिएका छन। उनका अनुसार ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी मध्ये ७४ जनाको नतिजा रद्द गरिएकोछ। 

एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए ननिकालिएको बतासले बताए। विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन बिषयमा कुन ग्रेड आयो भन्ने मात्रै थाहा पाउने छन्।

९० देखि १०० सम्म ल्याउनेको बिषय ग्रेड ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।

डी प्सल वा त्यो भन्दा तल कुनै एक विषय हुने विद्यार्थीले माघ २७ गते ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन्। परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

यसरी हेर्नुहोस नतिजा 






 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved