नेपालमा उच्च शिक्षा हासिल गर्न समय विताउनु , कलेज जानु भनेको वेरोजगारहरूलाई केही वर्ष अल्मलाएको मात्र हो।
तिनका ९५% शिक्षा आउटडेटेड, गुणस्तरहीन, अबैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५/६ वर्ष अवधिको जिवन वर्वादी हो ।
विद्यार्थी दलका आगो फुक्न कामलाग्ने ढुंग्रा मात्र हुन्।अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे वनिन्छ भन्ने पनि छैन, रोजगारी पाईन्छ भन्ने पनि छैन । पाए विदेश जाने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आची पुछ्ने कागज जति पनि मान्यता छैन ।
कठैं, न चरित्र न ज्ञान न सीप न कला न साहित्य न भाषा न ईतिहास न भूगोल न अध्यात्म न विज्ञानप्रविधि न खगोल न मानवताको ज्ञानमा दख्खल- यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ त!
पूर्वसचिव भीम उपाध्यायको फेसबुकवालबाट साभार