दरबार हाईस्कुलको पुनर्निर्माण शुरु, दुई बर्ष भित्र बिद्यालय पुननिर्माणको काम सक्ने शिक्षामन्त्रीको दाबि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 21, 2018 | 09:39:01 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले दुई बर्ष भित्र बिद्यालय पुननिर्माणको काम सक्ने बताएका छन। कठमाण्डौंको रानीपोखरीमा रहेको भुकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको सन्र्दभमा भएको छलफल तथा निरिक्षणको क्रममा मन्त्री पोखरेलले हरेक स्कुलको समस्या समाधानको निम्ती आफैंले पहल लिएर तुरुन्तैं पुननिर्माण प्राधिकरणसंग समन्वय गर्दै २ बर्षभित्र सुरक्षित बिद्यालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

सुविधा सम्पन्न बिद्यालय र गुणस्तरिय शिक्षाको आवश्यकता भएको बताउदै मन्त्री पोखरेलले भने, 'सबैं बिद्यालय अब प्रविधीमा आधारित भएको बिद्यालय हुने छ।'

यसैंबिच मन्त्री पोखरेलले भुकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको काम आजैबाट शुरु भएको घोषणा गरे।  भुकम्पको तीन बर्ष सम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम शुरु हुन सकेको थिएन ।

पछिल्लो पटक विद्यालयको नक्सा स्विकृत भएर अनुमति लिने प्रकृया शुरु भए पनि अण्डरग्राउण्ड पार्किङ्क को विवादले निर्माण कार्य अघि बढ्न सकेको थिएन । विद्यालयले गएको बैशाख २४ गते ईजाजत पत्र प्राप्त गर्नका लागि आवश्यक कागजात महानगरमा पेश गरेको थियो । सोही अनुसार प्लिन्थ लेभल सम्मको निर्माणका लागि ईजाजत दिन पत्र तयार भईसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले जानकारी दिए।

ब्यस्त शहरका विचमा रहेको संरचनामा पार्किङ् बनाउँदा शहर ब्यवस्थित हुने मेयरको सकारात्मक सोचका कारण देखिएको अलमल हटेको मन्त्री पोखरेलले बताए। अन्तिम समयमा आएर नक्सा संशोधन गर्दा उपयुक्त हुँदैन भन्ने कुरा भए पछि महानगरपालिका यही नक्सा पास गर्ने निर्णयमा पुगेको उनको भनाई छ ।

“मेयरको ठाउँमा बसेर सोचौं त ! ब्यवस्थित शहर बनाउन के–के आवश्यक पर्छ भन्ने कोणबाट उहाँले सकिन्छ भने पार्किङ् बनाउँ न त भन्ने धारणा राख्नु भएको रहेछ’ विद्यालयका आयोजित कार्यक्रममा मन्त्री पोखरेलले भने, ’चीन सरकारको सहयोगमा बन्न लागेको भवनका लागि निर्माणमा संलग्न हुने जनशक्ति समेत आईसकेको अवस्थामा नयाँ सर्त राख्न नमिल्ने बारेमा छलफल भए पछि हामी यो निर्णयमा पुगेका हौं ।’

मेयर शाक्य कामका शिलशिलामा हेटौंडा गएकाले कार्यक्रममा उपस्थित हुन नसकेको मन्त्री पोखरेलले बताए। कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले एक हप्ता भित्रै निर्माण अनुमतिको काम सक्ने प्रतिवद्धता जनाए।

’हामी चाँडै नै अनुमतिको प्रकृया सक्छौं’ उनले भने, ’यसका लागि आवश्यक प्रकृयागत काम १ दिनमै पनि सकिन सक्छ, नभए दुई दिन लाग्ला तर एक हप्ता धेरै लाग्दैन ।’

विद्यालय रहेको वडा नम्बर २७ का वडाध्यक्ष चिनियामान बज्राचार्यले ऐतिहासिक विद्यालयको पुनर्निर्माणमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए। विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले विद्यालयलाई नमूना बनाउन आफूहरु कृयाशिल रहने प्रतिवद्धता जनाए।

विक्रम सम्बत १९१० सालमा देशकै पहिलो विद्यालयका रुपमा दरवार हाईस्कुल खुलेको हो । कुनै बेला यहाँ पढ्न राणा अथवा राणाले ईच्छाएका ब्यक्ति नै हुनुपथ्र्यो, २००७ सालमा प्रजातन्त्र आए पछि दरवार हाई स्कुलमा जनताका छोरा छोरी पनि पढ्न पाएका हुन् ।

डेढ शताव्दि भन्दा धेरै ईतिहास बोकेको ऐतिहासिक विद्यालय भएर पनि दरवार हाईस्कुलको अवस्था दिनदिनै खस्कदैं गएको छ । अहिले विद्यालयमा जम्मा १३९ विद्यार्थी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved