आर्थिक मितव्ययिता कायम गर्न सबै विश्व विद्यालयका सम्पर्क कार्यालय खारेज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 25, 2018 | 11:33:49 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज भएको छ। शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मन्त्री स्तरीय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन।

उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले केन्द्रीय राजधानी काठमाण्डौं उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । यस्ता सम्पर्क कार्यालयहरुको खास भुमिका र प्रभाव नरहेकोले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजि सचिव पुष्प ढकालले जानकारी दिए।  

ऐनमा कुनैंपनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिनुभएको ढकालले बताए। आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागी सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रालयले जनाएको छ। 

यससंगै पोखरा, पूर्वाञ्चल, कृषि तथा वन विज्ञान,लुम्बिनी वौद्ध, सुदुरपश्चिमाञ्चल, मध्पश्चिमाञ्चल, नेपाल संस्कृत, काठमाडौ बिश्वबिद्यालय र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको काठमाडौं स्थित सम्पर्क कार्यालय खारेज भएको छ। विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको वर्गीकरण गरी संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको मापदण्ड तयार गर्दैछ ।   

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved