नेपालका ७० प्रतिशत कन्सल्टेन्सी गैरकानुनी (सुची सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 30, 2018 | 08:44:26 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशका विभिन्न विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन खोलिएका नेपालका ७० प्रतिशत कन्सल्टेन्सी गैरकानुनि  रुपमा सञ्चालन भएको पाइएको छ।

राजधानीलगायत देशका प्रमुख सहरमा खोलिएका धेरैजसो कन्सल्टेन्सी कुनै पनि सरकारी निकायमा दर्ता नै नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो। अध्ययन गर्न विदेश पठाइदिने भन्दै विद्यार्थीसँग ठूलो रकम ठगेर कन्सल्टेन्सीका संचालक फरार हुने क्रम बढेपछी शैक्षिक परामर्श सेवा वा पूर्व तयारी कक्षा वा भाषा शिक्षण कक्षा सञ्चालन गरिरहेका र गर्न चाहने संस्थाले कम्पनी रजिष्टर कार्यालयमा दर्ता भएपनि शिक्षा मन्त्रालयबाट अनिवार्यरूपमा सेवा सञ्चालन स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको थियो। 

तर शिक्षा मन्त्रालयले पटक पटक सूचना जारि गरि उनीहरुलाई दर्ता भई संचालन हुन आग्रह गर्दा समेत अझैं पनि ७० प्रतिशत भन्दा बढी कन्सल्टेन्सी गैरकानुनि रुपमा संचालनमा छन।  कम्पनी रजिष्ट्रारको कार्यालयले तोकेको सर्त तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०६८ (संशोधन सहित) को प्रावधान अनुसार कुनै पनि फर्म तथा कम्पनीहरुले सम्बन्धित निकायबाट सेवा सञ्चालन स्वीकृति नलिई आफ्नो उद्धेश्य अनुसारको सेवा सञ्चालन गर्न नपाउने व्यवस्था छ। 

पछिल्लो पटक २०७२ चैत्र मसान्तसम्म कम्पनी दर्ता भई सकेका सम्पूर्ण फर्म तथा कम्पनीहरुलाई अन्तिम एक पटकका लागि १५ दिनको अवधी दिई सेवा सञ्चालन स्वीकृति लिन मन्त्रालयले पत्राचार गरेको थियो। त्यतिमात्र नभई २०७३ बैसाख १ गते पछि शैक्षिक उद्धेश्य राखी दर्ता भएका फर्म तथा कम्पनीहरुले कम्पनी दर्ता भएको मितिले ६ महिना भित्र मन्त्रालयबाट सेवा सञ्चालन स्वीकृति लिएर मात्र सेवा प्रदान गर्नु पर्ने व्यवस्था गरेको थियो। सरकारले पटक पटक दर्ता भई संचालन हुन ताकेता गर्दा समेत कन्सल्टेन्सीहरुले भने अटेर गर्दै गैरकानुनी रुपमा संचालन हुँदै आएका छन।   

सेवा सञ्चालन स्वीकृति लिन कन्सल्टेन्सीहरुलाई पटक पटक पत्राचार गर्दा समेत हालसम्म करिब एक हजार कन्सल्टेन्सी दर्ता भई संचालनमा छन भने केहि दर्ताको प्रक्रियामा छन। नेपालभर करिब ३५०० कन्सल्टेन्सी संचालन भैरहेको अनुमान छ। सरकारले कन्सल्टेन्सीको नियमन गर्न नसक्दा शैक्षिक परामर्श क्षेत्रमा व्यवसायीको मात्र एकपक्षीय मनोमानी चल्दै आएको छ भने विदेश अध्ययन गर्न जान चाहने मध्ये बर्षेनी करिब ७ सयदेखि ९ सय बिद्यार्थीले आफुहरु ठगिएको भन्दै उजुरी दिने गरेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ। ठगी गर्ने मध्ये धेरै जसो  कन्सल्टेन्सी दर्ता नै नगरी सञ्चालन भइरहेका देखिएको छ। 

दर्ता नगरी कन्सल्टेन्सी चलाउने, विधार्थी ठग्ने, भ्रामक विज्ञापन गरेर प्रचारप्रसार गर्ने, विद्यार्थीका कागजात कब्जा गर्ने र बिना स्वीकृति सेमिनार गर्ने गरेकाले विद्यार्थी ठगिने क्रम बढेको प्रहरीको भनाई छ। यी मुद्दामा शिक्षा मन्त्रालयले नियमन गर्न नसकेको जनगुनासो छ। 

पछिल्लो समय अध्ययनका लागि विदेश जाने लहर चलेको छ। आर्थिक  वर्ष २०७४/७५ मा ५० हजार ७५८ जना विद्यार्थी अध्ययनका लागि सरकारसँग अनुमति लिएर विभिन्न देश पुगेको जानकारी वैदेशिक शिक्षा अनुमति शाखाले दिएको छ। शाखाका अनुसार हरेक दिन औशतमा ३  सय विद्यार्थी विदेश अध्ययनका लागि अनुमति लिने गरेका छन। 

अध्ययन गर्न विदेश जाने विद्यार्थीबाट उच्च रकम असुल्ने र बिचल्ली बनाएर भाग्ने कन्सल्टेन्सीको संख्या पनि बढ्ने क्रममा छ। त्यसमा पनि दर्ता नभई संचालनमा आएका कन्सलटेन्सी सञ्चालकको पहिचान खुल्ने कुनै प्रमाण नहुँदा त्यस्ता व्यक्तिलाई कारबाही गर्न समस्या भइरहेको प्रहरीको भनाई छ।

२०७४ माघसम्म सेवा संचालन स्वीकृति प्राप्त कन्सल्टेन्सीहरुको सुची  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved