विदेशमा 'ब्याचलर' पढ्न फलामको चिउरासरह ! पढ्नुस् १२ कारण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 31, 2018 | 11:09:00 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समया विदेशमा अध्ययन गर्न जाने र जान चाहने नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। आफ्नो उज्ज्वल भविष्यको लागि विश्वकै उत्कृष्ट कलेजमा पढ्नु र सिप हाशिल गर्नु राम्रो पक्ष भए पनि हिजोआज अधिकांश नेपाली विद्यार्थीका विषयमा नराम्रा खबरहरू आइरहेका छन्। त्यसमा पनि नेपालमा प्रमाणपत्र तह (प्लस टू) सकेर भाषा सहित स्नातक पढ्न जानेहरुको धेरै समस्यामा पर्ने गरेको पाइएको छ।  

विदेशका विभिन्न विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन खोलिएका कन्सल्टेन्सीहरुले नेपालमा प्लस टु सकेर स्नातक (ब्याचलर) पढ्न चाहेका बिद्यार्थीहरुलाई लक्षित गरि विभिन्न कार्यक्रम र सेमिनार, गोष्ठीको आयोजना गर्ने गरेका छन। त्यसमा पनि पछिल्लो समय पांच तारे होटलमा नै सेमिनार र गोष्टि गरेर नेपाली बिद्यार्थीहरुलाई विदेश पढ्न आकर्षित गर्नलाई कन्सल्टेन्सीबीच तिब्र प्रतिस्पर्धा देखिएको छ। 

भर्खरै प्लस टू सकेका उचित निर्णय गर्न नसक्ने तर बढी महत्त्वाकांक्षा बोकेका बिद्यार्थीहरु कन्सल्टेन्सीको निशानामा पर्ने गरेका छन। जति सक्दो छिटो नेपालको भुमि छोडेर विदेशमा डलर कमाउने हतारोमा देखिएका बिद्यार्थीहरुलाई मिठो बोलेर, झुट आश्वाशन दिएर जसरि हुन्छ विदेश पढ्न जाने वातावरण बनाउने कन्सल्टेन्सीको ध्याउन्ना हुने देखिएको छ। तर विदेशमा पढेर फर्केकाहरुले भने विदेशमा गएर आफै पैसा तिरेर ब्याचलर पढ्ने भनेको फलामको चिउरा चपाउनु जस्तै भएको अनुभब सुनाउने गर्छन। 

पढ्नलाई विदेश जाँदैमा सजिलो हुन्छ र डलर पनि कमाई हालिन्छ भन्ने सोच राख्ने युवा जमातनै कमिशन कुम्ल्याएर तारे होटलमा सेमिनार राख्ने कन्सल्टेन्सीको निशानामा पर्ने गरेका छन। तर विदेशमा गएर स्नातक पढ्न चाहनेले कम्तिमा पनि यी १२ कारण थाहा पाउनुपर्ने जानकारहरु बताउछन। 

पहिलो, विदेशमा ब्याचलर पढ्न जानेले अनिवार्य रुपमा कलेज जानुपर्छ र नेपालको भन्दा शैक्षिक प्रणाली र बिधि पनि फरक हुने गर्छ। त्यसैले अनिवार्य रुपमा कलेज जानुपर्ने र कलेजको फि पनि तिर्नुपर्ने भएकाले उनीहरुका लागि काम गरेर पढ्न सहज नहुने देखिन्छ।  

दोस्रो, जस्तो काम पनि गर्छु भन्ने मानसिकता बोकेर विदेश पढ्न जानेले त्यहाँ मुस्किलले काम त पाउँछ तर 'डर्टी सिक्स' समुहमा पर्ने काम गरेर पढाईलाई निरन्तरता दिन भने असम्भब जस्तै हुन्छ।  

तेस्रो, 'डर्टी सिक्स' समुहको काम गर्दा 'गधा' खटिए झैँ काम गर्नुपर्ने भएकाले पढाई र काम संगसंगै अगाडी बढाउँन मुस्किल हुन्छ।

चौथो, नेपालमा भर्खरै प्लस टू सकेर स्नातक पढ्न विदेश जानेको उमेर काम गर्ने बेला भई सकेको हुदैन। अलिकति डलर कमाउन थालेपछी पैसा तर्फ ध्यान हुने हुँदा पढाई बिचैमा छोडेर कामलाई मात्र ध्यान दिने सोच आउने गर्छ।  

पाँचौं, डलर कमाउने ध्याउन्नामा लागेर कलेज नजादा बिद्यार्थी भिजाको मापदण्ड नै तोडिन गई त्यहाँको बसाई गैरकानुनि हुने खतरा हुन्छ।   

छैटौं, विदेशमा पढाई र काम दुवैको व्यवस्थापन गर्न त्यति सहज हुदैन। न पढाई हुन्छ न भनेजस्तो कमाई। यता नेपालमा भने छोरो विदेश पठाउने भनेर अभिभावकले ऋण खोजेर विदेश पठाएका हुन्छन र सोच्छन छोरा छोरी इन्जिनियर,एकाउन्टेन्ट, भएर देश फर्किनेछ तर धेरै छोराछोरीको हालत उतै खाराब हुन्छ।  

सातौँ, पहिलो बर्ष अभिभाबक चुप हुन्छन त्यसपछि भाईबहिनि, साथीभाई, ऋण दिने साहु लगायत सबैको आश विदेश पढ्न गएकामा हुन्छ तर विदेशमा हुनेको पिडा अर्कै हुन्छ र मानसिक समस्या उत्पन्न हुन्छ।  

आठौँ, त्यहाँको रहन सहन र कामको तनाबले गर्दा अधिकांश बिद्यार्थी मदिरा हुँदै लागुपदार्थ र गलत संगतमा फस्ने गर्छन। त्यहिबाट पारिवारिक र सामाजिक बिचलनको सुरुवात हुन्छ।  

नौं, नेपालमा हल्लिएर पढेको बानि, काम गर्दा इज्जत जान्छ भन्ने सोच भएको व्यक्ति विदेश गएपछी आफ्ना सबै काम आफै गर्नुपर्ने, हप्ता दिनको खाना एकै दिन पकाएर त्यसपछि तताउदै खाने, कामबाट फर्केलगत्तै थकान मेट्ने मदिरा सेवन गर्ने जस्ता बाध्यताले बिद्यार्थीमा नैरास्यता उत्पन्न हुन्छ।  

दशौँ, विदेशमा बैंक ऋण सहजै पाइने तर त्यो ऋणको पैसा मोजमस्तीमा नै सकिने। अनि पछी त्यहि ऋण तिर्दै सारा जिन्दगि सकिने र नेपाल आउन समेत अप्ठ्यारो अवस्था आउन सक्ने हुन्छ।  

एघारौं, अधिकांश देशहरुमा त्यहि पढेर राम्रो काम पाउन त्यहिको नागरिक हुनुपर्ने भएकाले विदेश पढ्न जानेले त्यतैको सिटिजनसिप भएकासंग बिहे गर्ने अथवा शरणार्थी बन्नुपर्ने बिकल्प रोज्नुपर्ने बाध्यता वा रहर आइलाग्छ।  

बाह्रौं, यहाँका कन्सल्टेन्सीले पांच तारे होटलमा मेला लगाएर मिठामिठा खानेकुरा सहित बढी चिप्ला कुरा गरेर बिद्यार्थीको दिमाग भुट्ने गर्छन। बिद्यार्थीलाई एक पैसा शुल्क तिर्नुपर्दैन भन्ने तर बिद्यार्थीलाई पठाएको कलेज वा बिश्वबिद्यालयबाट २० देखि ४० प्रतिशतसम्म कमिशन खाने कन्सल्टेन्सीको लहलहैमा विदेश जाने बढी महत्वाकांक्षी हुन्छन। तर त्यो महत्त्वाकांक्षा पुरा नहुँदा बिद्यार्थीले जिबनबाट हरेस खाएर अर्कै बिकल्प रोजेको उदाहरण धेरै छन। 

त्यसैले सकेसम्म नेपालमा नै स्नातक तहसम्मको अध्ययन गरेपछी मात्र विदेश जानेबारे सोच्न शिक्षाविदहरुले सुझाब दिएका छन। स्नातकको अध्ययन सक्दै गर्दा बिद्यार्थीमा परिपक्वता आउने र यहाँ स्नातकमा राम्रो नम्बर ल्याउन सकेमा विदेशमा छात्रवृत्ति पाइने हुँदा काम गरेर पढ्नु पर्ने बाध्यता नहुने उनीहरुको तर्कछ। छात्रवृत्तिमा विदेश पढ्न जाँदा अध्ययन पनि राम्रो हुने र त्यहाँको सिप र शिक्षा लिएर स्वदेश फर्केपछी नेपालमा नै उत्कृष्ट काम र अवसर प्राप्त हुनेहुँदा बिशेष गरि स्नातक पढ्नैका लागि मोटो रकम खर्चेर विदेश जान नहुने उनीहरुको सुझाब छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved