कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 11:04:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्षको मौका परीक्षाको नतिजा अघिल्लो वर्षभन्दा १४ दिन अघि सार्वजनिक गर्न सफल भएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए। 

७६ हजार दुई सय २७ सहभागी भएकामा ए प्लस ल्याउने ८४, ए ल्याउने दुई सय ८४, बी प्लस ल्याउने आठ सय ४० रहेका छन। त्यस्तै बी ल्याउने तीन हजार ३७३, सी प्लस ल्याउने नौ हजार ७५१, सी ल्याउने २१ हजार ५७४ र डी प्लस ल्याउने २२ हजार २९७ रहेका छन् । त्यसैगरी ग्रेड डी ल्याउने १० हजार ४४७ र ई ल्याउने सात हजार ५७७ छन् ।

परीक्षामा डी प्लस वा सो भन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको  परीक्षा नियन्त्रक शर्माले बताए। उनका अनुसार मौका परीक्षामा एक लाख १६ हजार सहभागी हुन पाउने भए पनि ७६ हजार दुई सय २७ जना मात्र सहभागी भएका थिए।बोर्डले गत  भदौं १६ गते कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved