शिक्षामा उद्यमशीलता जोड्न युनिग्लोव कलेजद्वारा एकैसाथ ३ कार्यक्रमको सुरुवात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 10:22:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेजले एकै साथ विजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेशन ल्याब तथा फाइनान्स ल्याबको शुरुवात गरेको छ। समय अनुकुल विशिष्ट शिक्षाको साथमा प्रयोगात्मक अभ्यासलाई बिशेष प्रोत्साहन दिने उदेश्यले एकै साथ तिन कार्यक्रमको सुरुवात गरिएको जनाइएको छ। 

कलेजका प्रिन्सिपल तथा प्रबन्ध निर्देशक डा.नरबहादुर बिष्टले एकै साथ तिन कार्यक्रमको सुरुवात गर्नुले हातमा सर्टिफिकेटको साथमा ईच्छाएको कम्पनीसहित विद्याथीहरु दिक्षित हुने बताए। विद्यार्थीको व्यवसायीक विचारलाई छनौट गरी उचित परामर्श सहित व्यापार व्यवसाय र उद्योगधन्दा स्थापना गर्न सेन्टरको मुख्य भूमिका रहने उनले बताए। 

'कलेजको शैक्षिक यात्रा सकिदै गर्दा विद्यार्थीको हातमा सर्टिफिकेटसँगै ईच्छाएको कम्पनि सहित विद्याथीहरु दिक्षित हुनेछन, देशमा उद्यमशील नागरीकको उत्पादन गर्ने उद्धेश्य सहित कलेजकै लगानीमा हामीले उद्यमशीलता कार्यक्रमलाई स्थापना गरेका छौं।’ उनले भने।

वित्तिय बजारमा भएको उतार चढावको अध्ययन गराउनको निम्ती कलेजले फाईनान्स ल्यावको स्थापना गरेको उनको भनाइ छ। यो ल्याबले  विद्यार्थीहरुलाई व्यवसायमा आवश्यक पर्ने वित्तिय ज्ञान प्रदान गर्नेमा बिश्वस्त रहेको उनको भनाई छ। 

विद्यार्थीहरुमा बोल्ने कला, लेख्नेकला एवम व्यवहारीक जीवनमा आवश्यक व्यक्तित्व निर्माण गर्ने कलालाई अझ शसक्त बनाउने उदेश्यले बिजनेश कलेजहरुकै इतिहासमा पहिलोपटक यस्ता कार्यक्रम ल्याइएको उनको भनाई छ। 

कलेजले ल्याएको तीन वटै विधामा विद्यार्थीलाई निपुण बनाउन कलेजले अहम भूमिका निभाउनेमा दुई मत नरहेको कलेजका अध्यक्ष डा. खगेन्द्र ओझाले बताए। ‘विद्यार्थी केन्द्रित शिक्षा प्रदान गर्न र बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न युनिग्लोब तत्पर छ, त्यसैको उदाहरण हुन यी तीन कार्यक्रम' उनले भने।

वित्तीय क्षेत्रमा लगानी सुरक्षित गर्न आवश्यक ज्ञान तथा विश्व बजार र वित्तिय बजारमा भएको उतारचढावको राम्रो अध्ययन गराउनको लागि ल्याइएको यी तिनै कार्यक्रमको उद्घाटन पुर्वस्वास्थ्य मन्त्री गगन थापाले गरे। युुवा विद्यार्थीहरुका सपना मर्न नदिन उनीहरुको व्यावसायिक विचारलाई छनौट गरी उचित परामर्शसहित व्यापार व्यवसाय र उद्योगधन्दा स्थापना गर्न प्रत्यक्ष रुपमा यस सेन्टरले सहयोग गर्ने बिश्वास गरिएको छ। 

कार्यक्रमको विशेष अथितिमा पूर्व गभर्नर डा.तिलक रावल, बृहद ग्रुपका अध्यक्ष ओम राजभण्डारी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष भाष्करराज कणिर्कार, पुर्व मिस नेपाल माल्भिका सुव्वा, निरज खनाल लगायत थिए। कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, पत्रकार,शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

 


     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved