Announcement IPO Result Cricket Worldcup



शिब धिताल/बिजपाटी     Oct 06, 2018 | 07:28:42 PM



shivam cement

राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। जेठ महिनामा सञ्चालन गरिएको परिक्षामा नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेकाे संख्या एक हजार एक सय १५ विद्यार्थी रहेको बोर्डले जनाएको छ। 

त्यस्तै जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जीपीए २.८१ देखि जीपीए ३.२० सम्म ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् ।

जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्।

नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको http://www.neb.gov.np/results र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नेपाल टेलिकमकाे एसएमएस गर्ने तरिका :

NEB टाइप गरी एक स्पेस दिएर सिम्बाेल नम्बर टाइप गरी १६०० मा पठाउन सकिन्छ । नतिजा प्रकाशित भए पनि वेबसाइटहरुमा अपलाेड हुन समय लाग्ने हुनाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा थाहा पाउन केही समय लाग्न सक्छ ।

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7