विप्लव माओवादी कै शैलीमा नेविसंघको चन्दा आतंक, कलेज तालाबन्दीको बिषयले संगठनमै विवाद

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 09, 2018 | 11:35:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कलेज भर्नाकै समयमा आन्दोलनको कार्यक्रम थाल्ने र चन्दा असुल्ने परिपाटीलाई नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेविसंघले निरन्तरता दिएको छ। पछिल्लो समय चन्दा आतंकबाट विप्लब माओवादी जोडीने देखिएकोमा यसपटक नेविसंघ पनि जोडिएको छ। 

नेविसंघले पुर्वान्चल बिश्वबिद्यालयका कलेजहरुलाई लक्षित गरि बिभिन्न ३ बुँदा माग राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। यद्दपी संघको कलेज तालाबन्दी कार्यक्रम बिबादमा तानिएको छ। 

भर्नाकै समयमा नेविसंघको पुर्वान्चल विश्वबिद्यालय ब्लकका केन्द्रिय सदस्यले घोषणा गरेको आन्दोलनका कार्यक्रममा केन्द्रिय समितिले असहमति जनाएपछी संघभित्रको विवाद छताछुल्ल भएको हो। 

पुर्वान्चल विश्वबिद्यालय ब्लकका केन्द्रिय सदस्य विप्लब खड्का र सुबास कठाएरको समुहले ३ बुंदे माग राखी पुर्वान्चल विश्वबिद्यालयका कलेजहरुमा गरेको तालाबन्दी कार्यक्रममा संघको कुनै संलग्नता नभएको संघका अध्यक्ष नयनसिंह महरले बिजपाटीलाई बताए। 

'केहि साथीहरुले बिभिन्न माग राखी कलेजहरुमा तालाबन्दी गरेको सुन्नमा आएको छ, त्यसमा हाम्रो कुनै सहमति छैन, हामीसंग कुनै आन्दोलनको कार्यक्रम छैन' महरले बिजपाटीलाई भने, 'कलेजमा तालाबन्दी गर्नेहरुलाई बोलाएर छलफल गर्दैछौं, तालाबन्दी गरेको पाइएमा प्रहरी प्रशासनसंग मिलेर उनीहरुलाई कारबाही गर्छौं।'

त्यस्तै नेविसंघ पुर्वान्न्चल बिश्वबिद्यालय समन्यव समिति अध्यक्ष लोकेन्द्र भण्डारीले समेत विप्लब खड्का समुहको आन्दोलन कार्यक्रमको बिरोध गरेको छ। अध्यक्ष भण्डारीद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा पुर्वान्चल बिश्वबिद्यालयमा भर्ना प्रक्रिया चलिरहेको अवस्थामा भर्ना प्रक्रियालाई नै प्रभावित पार्ने गरि नेविसंघका नाममा केहि अमुख झुण्डहरुले बिज्ञप्तीबाजी तथा तालाबन्दी गरिरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेविसंघ पुर्वान्न्चल बिश्वबिद्यालय समन्यव समितिले विप्लबको नेतृत्त्वको बिज्ञप्तीबाजी तथा तालाबन्दी बिरुद्द प्रेश बिज्ञप्ती जारि गरेपनि नेविसंघ अध्यक्ष महर तथा विप्लब स्वयमले उक्त समिति कांग्रेसको आधिकारिक संगठन नभएको प्रतिकृया दिए । यसले पनि कांग्रेसको भातृसंगठन भित्रैका नेताहरुबीच भर्नाकै समयमा गरिएको बिज्ञप्तीबाजी र तालाबन्दीको आन्दोलनलाई लिएर विवाद सिर्जना भएको बुझिएको छ।

यता विप्लब खड्काले कलेजहरुले जथाभावी शुल्क लिएकाले आफुहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेको दाबि गरेका छन। भर्नाकै समयमा आन्दोलनको कार्यक्रम किन भन्ने प्रश्नको जवाफमा खड्काले यो समयमा कलेज संचालक लगायतका सबै एक ठाउँ हुने र छलफल गर्न सहज हुने भएकाले भर्नाकै बेला आन्दोलनको कार्यक्रम घोषणा गरेको बताए। 

खड्काले शुल्क समायोजन गर्नुपर्ने लगायतका माग देखाएर आन्दोलनको कार्यक्रम घोषणा गरेपनि भित्रि उदेश्य आर्थिक लेनदेन भएको कलेज संचालकहरुले आरोप लगाएका छन। '३ बुंदे माग देखाउने दात मात्रै हो, अहिले एउटा कलेजसंग दुई दुई लाख मागिएको छ' एक कलेज संचालकले बिजपाटीलाई बताए। 

कन्सल्टेन्सी माफियाहरुले संघका खड्का समुहलाई परिचालन गरि कलेजमा भर्ना बिथोल्न खोजेको आरोप समेत लगाएका छन।  तर उक्त आरोप निराधार भएको भन्दै खडाले त्यस्तो प्रमाणित भए आफुले जुनै कारबाही सहन तयार भएको बताए।

चिलिमे हाइड्रोपावरका कर्मचारी समेत रहेका विप्लब खड्काको नेतृत्त्वमा भर्नाकै समयमै आन्दोलनको कार्यक्रम घोषणा हुनुले उनिहरु कन्सल्टेन्सी माफियाको चुंगलमा फसेको सहजै अनुमान गर्न सकिने नेबिसंघकै अर्का बिद्यार्थी नेताले बताए। हाइड्रोमा काम गर्ने व्यक्तिले पार्ट टाइम नेता भएर बिज्ञप्तीबाजी गर्दा बिद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर र अख्तियार सम्म लाग्न सक्ने ती बिद्यार्थी नेताको दाबी छ।    

केहि दिन यतादेखिको नेविसंघको तालाबन्दी कार्यक्रमले भर्ना प्रकृया बिथोलिएको भन्दै कलेज संचालकहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन। कलेज सुधारका नाममा भर्नाको समयमा गरिने आन्दोलनका कार्यक्रमले कलेजको प्रतिष्ठामाथि आंच आएको भन्दै उनीहरुले सुरक्षाको माग गर्दै  गृहमा निबेदन दिएका छन। 
 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved