कक्षा ११ र १२ बाट अब हट्दैन गणित, माविमा ७ विषय मात्रै पढाई हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2018 | 11:44:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने भएको छ । अब तीन वटै विज्ञान (बायोलोजी, फिजिक्स र केमेस्ट्री) विषयका विद्यार्थीहरुले चाहेमा गणित विषय पढ्न पाउने भएका छन् ।

मानविकी र व्यवस्थापन संकायमा भने पहिलेदेखि नै ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले कक्षा ११ र १२ का सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्ताव गरेको थियो । 

बायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यवस्था गरिँदा गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने बाध्यता हुने भन्दै विरोध भएपछि सरकारले प्रस्तावमा शंसोधन गरेको हो । गणितलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने भन्दै सरोकारवालाले विरोध गरेका थिए । 

नयाँ पाठ्यक्रम आउँदै 

हाल कक्षा ११ र १२ माध्यमिक सरह भएको छ । यसलाई विद्यालय तह मानिन्छ । माध्यमिक तहमा कक्षा ९ देखि १२ सम्मलाई राखिएको छ । पाठ्यक्रम विकास केन्द्र अहिले नयाँ पाठ्यक्रम तयार पार्नमा व्यस्त छ । 

माध्यमिक शिक्षाका लागि अर्को शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने गरी काम भइरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले जानकारी दिए । 

माविमा ७ विषय मात्रै पढाई हुने 

माध्यमिक तहमा अनिवार्य विषयमा अंग्रेजी, नेपाली, सामाजिक र जीवन उपयोगी अथवा गणित विषय राखिएको छ । त्यसपछि तीनवटा समूहमा विज्ञान लगायतका ऐच्छिक विषयहरु राखिएका छन् । नयाँ पाठ्यक्रम अनुसार अनिवार्य चार र ऐच्छिक तीन गरी जम्मा सात विषय पढाइ हुनेछ । हाल कक्षा ९ र १० मा आठ तथा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ । 

पाठ्यक्रम विकास केन्द्रले ‘नोट’ लेखेर ‘ऐच्छिक समूहबाट तीनवटै विज्ञान लिएकाले मात्रै गणित विषय रोज्न पाउने’ उल्लेख छ । तर मानविकी र व्यवस्थापन संकायमा यस्तो उल्लेख छैन ।

विद्यार्थीहरु ११ र १२ मा पढ्न लागेको विषयसँग सम्बन्धित गणित सबैले पढ्न पाउने गरी प्रारुप परिवर्तन हुनुपर्ने नेपाल गणित समाजको माग छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved