बिजपाटी सम्बाददाता     Feb 05, 2019 | 01:13:49 AM


tansen

सिएमसी करीयर क्विजको ९ औ संस्करण माघको तेस्रो सातादेिख पोखराबाट अडिसन सुरु भएको छ । अडिसनको मिति पोखराका लागि माघ २०, बुटवलमा माघ २२ , चितवनमा माघ २४, बिराटनगरमा माघ २७ र अन्तिम अडिसन काठमाण्डौमा फागुन २ गतेका लागि तोकिएको आयोजक सँस्था मिटिङ्ग प्वाइन्टले जनाएको छ। 

अडिसनका लागि तोकिएको स्थानमा लिखित र मौखिक परिक्षामार्फत क्वालिफाइङ राउण्ड खेल्ने टिमको छनोट गरिने छ । राजधानी र राजधानी बाहिरका प्रतिस्पर्धी मध्ये कम्तिमा ५० टिमलाई छनोट गरिने आयोजकले जनाएको छ । 

क्विज प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थी तथा विद्यालयले तोकिएको मिति र स्थानमा आफ्नो टिमको नाम दर्ता गर्नुपर्ने छ । सिएमसि करिअर क्विजको फेसबुक पेज धधध।ाबअभदययप।अयmरअmअअबचभभचत्रगष्श तथा मिटिङ्ग प्वाइन्टको आधिकारिक वेबसाइट धधध।mभभतष्लनउयष्लत।अयm।लउ मार्फत पनि क्विजमा सहभागिताका लागि थप जानकारी पाउन सकिन्छ । दुवै ठेगानामा सहभागिताको फारम उपलब्ध हुनेछ भने एउटा शैक्षिक संस्थाबाट एक टिममा २ जना हुने गरी बढिमा २ टिमसम्मले अडिसनमा सहभागिता जनाउन सक्ने क्विजका प्रमुख कार्यकारी निर्माता सुरेश सिम्खडाले बताए। 

पोखरामा सम्पन्न अडिसनबाट ३ वटा टिमले क्वालिफाइङ राउण्ड खेल्नका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने तोकिएको बाँकी स्थानहरुमा अडिसन हुने आयोजकले जनाएको छ । 

सन् २०१० देखि औपचारिकरुपमा सुरु भएको करिअर क्विजको यो ९ औ संस्करण हो । देशका प्रतिष्ठित व्यक्तित्वहरुले सञ्चालन गर्ने प्रतियोगितात्मक कार्यक्रम करिअर क्विजका बिजेता टिमलाई नगद पुरस्कारसँगै ट्रफि, मेडल, प्रमाणपत्र र आकर्षक छात्रवृत्ति समेत प्रदान गरिने छ । नविनतम प्रबिधिको प्रयोग गरि छायांकन गरिने क्वालिफाइङ राउण्डदेखिका सबै खेलहरु एपी वान एचडी टेलिभिजनबाट आगामी  बैशाखको पहिलो  साताबाट प्रसारण गरिने कार्यक्रमका निर्माता तथा निर्देशक रजिन महर्जनले जनाएका छन ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका