त्रिभुवन बिश्वबिद्यालयको परिक्षा सञ्चालनलाई व्यवस्थित बनाउन गोष्ठी सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2019 | 11:33:06 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालय क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाको आयोजनामा विश्वविद्यालयको समग्र परिक्षाको व्यवस्थापन र गुणस्तरीयताको लागी सुदुरपश्चिमाञ्चल क्षेत्र स्तरीय कार्याशाला गोष्ठी सम्पन्न भएको छ  । 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले परिक्षा विश्वविद्यालयको गरिमा र प्रतिष्ठा भएकोले परिक्षाप्रणालीलाई अनुशासित,मर्यादित एवंम गुणस्तरीय बनाइने बताए। परिक्षा सञ्चालन चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा प्रश्नपत्रको निर्माण देखि परिक्षा लिने अवस्थासम्मका सम्पूर्ण सम्भावित समस्याहरुका वारेमा  सम्वन्धित क्याम्पस,केन्द्राध्यक्ष  र परिक्षासञ्चालनको जिम्मेवारी प्राप्त कर्मचारीहरु संवेदनशिल बन्नुपर्ने धारणा व्यक्त गरे। 

यसैगरी त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार एवं कार्यक्रमका अध्यक्ष डिल्लीराम उप्रेतीले परिक्षा प्रणालीमा देखिएका समग्र अप्ठ्याराहरुलाई केलाएर समाधान निकाल्न गोष्ठीलाई उत्पे्ररित गरे।  उनले परिक्षाका नियम पद्धतिलाई कडाईका साथ लागु गरि परिक्षा सञ्चालनलाई व्यवस्थित बनाउन आग्रह गरे।

त्रिवि परिक्षा नियन्त्रक पुष्पराज जोशीले पनिका क्रमश परिक्षा प्रणालीलाई व्यवस्थित गर्दै आधुनिक  प्रविधिलाई उपयोग गर्न गइरहेको बताए। परिक्षा प्रणालीका समग्र विषयहरुमा  उपस्थित ९ जिल्लाका  ३२ वटा परिक्षाकेन्द्रका क्याम्पस प्रमुख एवं परिक्षाशाखाका प्रमुखहरु जानकारी गराउदै  नियन्त्रक जोशीले परिक्षाका सुरक्षा संवेदनशिलताका वारेमा समेत सचेत गराए। 

त्रिवि परिक्षा नियन्त्रण कार्यालयका सह परिक्षा  नियन्त्रक भूपाल कुमार श्रेष्ठले त्रिवि परिक्षा  प्रणालीको वर्तमान अवस्था, समाना गरिरहेका चुनौती पहिचान, भविष्यमा आउने समस्यालाई निवारण गर्ने सन्र्दभ लगायतका विषवस्तुहरुको बारेमा जानकारी गराए।  उनले परिक्षाका मूलमन्त्रको रुपमा गोपनियता, संवेदनशिलता र जिम्मेवार वोधप्रति सचेत रहन संलग्न  सम्पूर्ण कर्मचारी एवं शिक्षकहरुलाई अनुरोध गरे। 

कार्यक्रम त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले परिक्षालाई  मर्यादित वनाई विश्वसनियता बढाउन सम्पूर्ण शिक्षक एवं क्याम्पसप्रमुखहरुको भूमिका महत्वपूर्ण भएको बताए। उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन कार्यालयका उप संयोजक डा रामचन्द्र पोखरेलले परिक्षाप्रणालीमा प्रविधिको उपयोग गर्न सुझाव दिए।

दोश्रो सत्रको कार्यक्रममा  सहभागी परिक्षाकेन्द्र भएका ३२ वटा क्याम्पसका क्याम्पस प्रमुख र परिक्षा प्रमुख हरुलाई ४ वटा समुहमा विभाजन गरि छलफल गराइएको थियो । सहभागी क्याम्पसहरुमध्येवाटे धारणा व्यक्त गर्दै दुर्गालक्ष्मी क्याम्पसका अत्तरियाका क्याम्पस प्रमुख डम्बर वहादुर पाल, पञ्चदेवल क्याम्पस, अछामका क्याम्पस प्रमुख विनिता अधिकारी घोडाघोडी क्याम्पसका क्याम्पस प्रमुख दिनेशराज जोशी, डोटी क्याम्पसका क्याम्पस प्रमुख कृष्णराज कठायतले आ आफनो समुहको तर्फवाट परिक्षा सम्वन्धमा  सुझा सहितको धारणा व्यक्त गरे। दोश्रो सत्रको सञ्चालन त्रिवि परिक्षा नियन्त्रण कार्यालयका  सह.परिक्षा नियन्त्रक अर्जुन भण्डारीले गरे।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved