एसईईमा शुक्रबार हुने अनिवार्य सामाजिक अध्ययन बिषयको प्रश्नपत्र लिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 12:01:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट भएको आशंका गरिएको छ । एसईई २०७५ (२०१९) लेखिएको सामाजिक सुरक्षा बिषयको प्रश्नपत्र बिहिबार बेलुका नै सामाजिक संजालमा भाइरल भएको छ । यद्यपि यो प्रश्न पत्र आधिकारिक हो या होइन भन्ने बारे पुष्टि हुन् सकेको छैन  । शुक्रबार मात्र यसको आधिकारिकता खुल्ने छ । सामाजिक बिषयको परीक्षा शुक्रबार हुने तालिका छ । 

आज बिहिबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न  छानबिन समिति समेत गठन भएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved