एसईईको अनिवार्य समाजिकको परीक्षा पनि रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 08:35:10 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य सामाजिक विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । प्रश्नपत्र बिहिबार बेलुका देखि सामाजिक संजालमा भाईरल भएको थियो । 

आज बिहान प्रश्नपत्र खोलेर हेर्दा आधिकारिक प्रश्नपत्र नै बाहिरिएको पुष्टि भएपछि परीक्षा रद्द गरिएको हो । परीक्षा रद्द गरिएकोप्रति अशतुष्ट जनाउदै विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । परीक्षा रद्द गरेको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको  सिराहाको गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

यस अघि प्रदेश २ मै बिहिबारको बिज्ञान बिषयको परिक्षा पनि प्रश्नपत्र आउट भएपछि रद्द भएको थियो ।  स्थगित भएको विज्ञान बिषयको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । सामाजिक बिषयको लागि भने बोर्डले मिति तोकेको छैन ।

देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो । प्रदेश २ मा परीक्षा रद्द भएपनि अन्य प्रदेशमा जारी छ । 

यस अघि : 

एसईईमा शुक्रबार हुने अनिवार्य सामाजिक अध्ययन बिषयको प्रश्नपत्र लिक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved