शिक्षामा बजेट प्रतिशत बढाउन विद्यार्थी संगठनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 03:37:37 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षामा बजेट बढाउन बिद्यार्थी संगठनले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु ‘क्रान्तिकारी’  ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका हुन् । 

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्र मार्फत आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका हुन् ।

संविधानमा व्यवस्था गरेअनुरुप कक्षा १२ सम्मको शिक्षा निःशुल्क र कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य गराउनुपर्ने पत्रमा उल्लेख छ । संविधानमा उल्लेख गरे अनुसार कार्यन्वयनमा ल्याउन माग गरेको हो ।  संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतको भनाई छ । 

आयोगका उपाध्यक्ष कँडेलले विद्यार्थी सङ्गठनको मागलाई सकारात्मक रुपमा लिएको भन्दै शिक्षामा बजेट प्रतिशत नबढेपनि रकम बढेको जानकारी गराए । उनले साधन स्रोतले पुगेसम्म बजेट बढाउन सक्दो प्रयास गर्ने समेत बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved