शिक्षाको बजेट १ खर्ब ६३ अर्ब, दिवा खाजामा ५ अर्ब, यस्ता छन अन्य महत्त्वपूर्ण कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:34:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आर्थिक बर्ष २०७६-७७ मा शिक्षा क्षेत्रको लागि १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। आगामी बर्ष ७० जिल्लालाई पूर्ण साक्षर तुलाउने उदेश्य रहेको संसदमा पेश संघीय बजेटमा उल्लेख छ।

सबै सामुदायिक विद्यालयको भवन निर्माण कार्यक्रममा ३०० विद्यालयका भवन निर्माण गर्न ८ अर्ब ५३ करोड विनियोजन गरिएको छ। त्यस्तै विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन गरिएको छ ।   

एक विद्यालय एक खेलकुद शिक्षकको व्यवस्था, मदरसा र गुठिलाई मूलधारको शिक्षामा ल्याइने लगायतका कार्यक्रम यस बर्षको शिक्षाको बजेटमा उल्लेख छ।     

त्यस्तै सबै विद्यालयहरुलाई अपांगमैत्री बनाइने भएको छ। सरकारले दिवा खाजामा ५ अर्ब रुपैयाँ छुट्याएको छ। बालबालिकाको दिवा खाजा बालबालिकाको आमा मार्फत उपलब्ध हुने जनाइएको छ। त्यस्तै सरकारी विद्यालयका छात्रालाई स्यानिटरी प्याड निशुल्क उपलब्ध गराइने भएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved