जथाभावी सम्बन्धन नदिन विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 11:29:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई जथाभावी सम्बन्धन दिने काम रोक्न निर्देशन दिएका छन् । रोजगारीका अवसरको पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नुपर्ने भन्दै आवश्यकता, रोजगारीको अवसर लगायतलाई ख्याल गरेर मात्रै विश्वविद्यालयले नयाँ शैक्षिक संस्थालाई सम्बन्धन दिनुपर्ने बताए । 

देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा योग्यता हासिल गरेका व्यक्ति पनि बरोजगार बन्नुपरेको भन्दै चिन्ता व्यक्त गरे । “कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनिजानपाउदैनन्” पोखरा विश्वविद्यालयको २० औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, “यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस ।” 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved