एसईई उत्तीर्णलाई हिलसाइड कलेजमा २५ प्रतिशत छात्रवृत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 04:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गौरीशंकर स्कुलले सम्मान गरेको छ । हिलसाइड कलेज अफ इन्जिनियरिङ कलेजबाट सञ्चालित बालकुमारीस्थित गौरीशंकर स्कुलबाट ४६ जना विद्यार्थीले एसइई परीक्षा दिएका दिएकोमा १७ विद्यार्थीले ‘ए प्लस’ २४ विद्यार्थीले ‘ए’  र बाँकीले ‘बी प्लस’ ग्रेडमा उतिर्ण भएका छन् । 

कार्यक्रममा कलेजका अध्यक्ष तथा शिक्षाविद जनार्दन नेपालले यस वर्षदेखि कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकीको कक्षा सञ्चालन गरी स्कुल जस्तै कलेजमा पनि सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । पाठ्यक्रम र पाठ्यभारमा आधारित शैक्षिक क्यालेण्डर बमोजिक पेडागुजी माध्यमबाट पढाइ हुने उनको भनाई छ । उनले यस स्कुलबाट एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई हिलसाइड कलजे अफ इन्जिनियरिङले २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरेका छन् । 

कलेजका डाइरेक्टर प्रोफेसर सत्य नारायण शाहले गरिब, असहाय, विपन्न तथा जेहेनदार विद्याथीलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved