घरमै बसेर पढिने खुला विश्वविद्यालयमा एमबिए, बिबिए र एलएलबि सहित ५ कोर्षमा भर्ना खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 08:16:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खुला विश्वविद्यालय व्यबस्थापन तथा कानून संकाय डीनको कार्यालय मानभवन ललितपुरले व्यबस्थापन र कानून संकायका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायमा भर्ना खुलाएको छ। अरु विश्वविद्यालयमा कानून संकायमा भर्ना हुन नपाएको बेला विद्यार्थीका लागि यो ठूलो राहत हुने अपेक्षा गरिएको छ।  

  • Nepal Open University announces admission open for the following Bachelor’s and Masters Level programs for the academic year 2076/77.
  • Master of Business Administration (MBA)
  • Master of Science in Development Management and Governance (MSDMG)
  • Bachelor of Law (LLB)
  • Bachelor of Business Administration (BBA)
  • Bachelor of Business Studies (BBS)
  • Application Form Submission Deadline:
  • For MBA/MSDMG: 27 Ashadh, 2076 (12th July 2019)
  • For BBA, BBS and LLB program: Will be published later

के हो खुला विश्वविद्यालय ?

नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले घरमै अनलाइन मार्फत अध्ययन गरेर डिग्री लिन पाउने छन। नेपालमै बसेर रोजगारीसँगै औपचारिक शिक्षा लिन चाहनेका लागि खुला विश्वविद्यालय नयाँ विकल्प बनेको छ। घरबाट अनलाइन मार्फत अध्ययन गर्नको लागि घरमा कम्प्युटर, इन्टरनेट सुविधा हुनैपर्छ भने एकै बिषयमा तीन घण्टासम्म छुट्याउनु पर्छ।  

सरकारले २०७३ जेठमा प्राध्यापक लेखनाथ शर्मालाई उपकुलपति नियुक्त गरेपछि भौतिक, शैक्षिक, प्राविधिक पूर्वाधार तयार पारेर पठनपाठन सुरु गरिएको हो । सरकारले २०७२ मा नेपाल खुला विश्वविद्यालय ऐन जारी गरेर विश्वविद्यालय स्थापनाको बाटो खोलेको थियो। 

एनओयूअन्तर्गत सामाजिक तथा शिक्षाशास्त्र, व्यवस्थापन र कानुन, विज्ञान, स्वास्थ्य र प्रविधि गरी तीन संकाय छन् । यी संकायअन्तर्गत १५ वटा कार्यक्रम सञ्चालन गरिएको छ । एकवर्षे कोर्सअन्तर्गत डिप्लोमा इन लाइब्रेरी इन्फर्मेसन म्यानेजमेन्ट र पीजीडी इन ई–लर्निङ छन् । सामाजिक संकायमा डेढवर्षे एमफिलअन्तर्गत अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र छन् ।


शिक्षाशास्त्र संकायअन्तर्गत एमफिलमा नेपाली, अंग्रेजी, गणित, शिक्षा, स्वास्थ्य र समाज विज्ञान छन् । दुईवर्षे कोर्समा मास्टर्स इन ई–गभर्नेन्स पढाइ भएको छ भने डेढवर्षे एमफिल इन आईसीटी पढाइन्छ । ६ महिनाको एक सेमेस्टर हुन्छ । एकवर्षे कोर्स पढ्नेले कम्तीमा ३० क्रेडिट आवरको दुई सेमेस्टर पढेर परीक्षा दिनुपर्छ । दुईवर्षे कोर्सले ६३ क्रेडिट आवर र एमफिल आईसीटीको ३९ क्रेडिट आवर छ । 

घरकै कोठामा बसेर भर्चुअल कक्षामा पढ्नुपर्छ । सेमेस्टरको सुरुमै तीनदिने प्रत्यक्ष कक्षा लिइन्छ । त्यसपछि तालिका बनाइन्छ । हरेक आइतबार, सोमबार र मंगलबार साँझ ६ बजेदेखि ९ बजेसम्म अनलाइनमार्फत् पढाइ हुन्छ । ल्यापटप, डेस्कटप कम्प्युटर वा एन्ड्रोइड मोबाइलमा विश्वविद्यालयबाट कक्षा सञ्चालन गर्न एलएमएस ९लर्निङ म्यानेजमेन्ट सिस्टम र ‘मुडल एप’ जोडिएको छ । प्रत्येक विद्यार्थीको आफ्नै आईडी र पासवर्ड हालेपछि मुडलमा पाँच विषयको सिलेबल्स र कोर्सहरू खुल्छन् ।

विश्वविद्यालयले उपलब्ध गराएको आईडीमार्फत विद्यार्थी जहाँसुकै बसेर पनि तोकिएको समयभित्र कक्षामा उपस्थित हुन सक्छ । मुडलभित्रको अनलाइन डिस्कसन फोरम, स्काइप फर बिजनेस, च्याट रुममार्फत विद्यार्थी–शिक्षक कुराकानी गर्छन् । छलफल हुन्छ । अफलाइन सन्देश प्रवाह भइरहन्छ । आलोपालो प्रश्न राख्छन् । जिज्ञासा राख्छन् । पियर रिभ्यु गर्छन् । पियर इभ्यालुएसन हुन्छ । असाइनमेन्ट दिइन्छ, लिइन्छ । हरेकको इन्टरनल असाइनमेन्टबापत ४० प्रतिशत अनलाइन मूल्यांकन हुन्छ । बाँकी ६० प्रतिशतको तोकिएको केन्द्रमा पुगेर लिखित परीक्षा दिनुपर्छ । खुला पढाइ भएकाले विद्यार्थीले सबै विषय एकै सेमेस्टरमा पास गर्नैपर्ने बाध्यता रहँदैन ।

विश्वविद्यालयले ललितपुरको पाटन क्याम्पस, कैलाली बहुमुखी क्याम्पस धनगढी, कोहलपुरको बागेश्वरी क्याम्पस, पोखराको जनप्रिय क्याम्पस र इटहरीको जनता क्याम्पसमा सम्पर्क तथा परीक्षा केन्द्र तोकेको छ । कोर्सअनुसार न्यूनतम १५ हजारदेखि अधिकतम १ लाख ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved