नेपाल खुला विश्वविद्यालयले जित्यो डिजिटल एजुकेशन आइसिटी अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 05:13:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खुला विश्वविद्यालयले डिजिटल एजुकेशन आइसिटी अवार्डको उपाधि जित्न सफल भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विश्वविद्यालयले उक्त अवार्ड जितेको हो 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका आईटी तथा ईलर्निंङ एक्स्पर्ट पदमराज पन्तलाई उक्त उपाधि प्रदान गरेका हुन् 

डिजिटल एजुकेशन आइसिटी अवार्ड पहिलो पटक समावेश गरिएको विधा हो । यस उपाधि सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्दतिमा सुधार ल्याएका शिक्षण संस्थालाई प्रदान गरिन्छ । यस विधाको लागि १५ संस्थाको आवेदन परेकोमा जुरी समुहले आवेदन परेका संस्थाको कार्यालय समेत भ्रमण गरेर मनोनयनको लागि ३ संस्था छनौट गरेको थियो । 

अन्तिम ३ को मनोनयनमा तनहुको आदिकवी भानुभक्त क्याम्पस तनहु, वाफलको ज्ञानोदय मावि र नेपाल खुला विश्वविद्यालय परेका थिए । जस मध्येबाट नेपाल खुला विश्वविद्यालयले उपाधि जितेको हो 

यस विद्यालयमा अनलाइनको माध्यमबाट घर मै बसेर एमफिलसम्मको अध्ययन गर्न सकिन्छ 

कुन उपाधि कसलाई ?

  •  स्टार्टअप आइसिटी अवार्ड – ई–डिजिटल नेपाल प्रालि
  • प्रडक्ट आइसिटी अवार्ड – मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
  • पायोनियर आइसिटी अवार्ड – डा. महावीर पुन
  • नेपाली डायस्पोरा आइसिटी अवार्ड – डा. समीर मास्के
  • आन्टरप्रेनियर आइसिटी अवार्ड – अमित अग्रवाल
  • डिजिटल गभर्नेन्स आइसिटी अवार्ड – लोकसेवा आयोग
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड – नेपाल खुला विश्वविद्यालय
  • पब्लिक च्वाइस आइसिटी अवार्ड – किताबयात्रा प्रालि
  • राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – रक्तदान
  • मिडिया पर्सन आइसिटी अवार्ड – विजय तिमिल्सना

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved