राजधानीको नयाँ बानेश्वरमा अवस्थीत युनिग्लोव कलेजले कर्पोरेट जब प्लेसमेन्ट मेला आयोजना गरेको छ । मेलामा कलेजका व्यवस्थापन संकायका एमबीए (फाइनान्स), एमबीए, बीबीए र बीबीए–बीआई कार्यक्रमका उत्तीर्ण विद्यार्थीको सहभागिता रहेको थियो ।
मेलामा कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य डा.नरबहादुर विष्टले अध्ययनपछि विद्यार्थीले बढीमा दुई/तीन महिनाभित्र आफूले खोजेजस्तै जागिर पाउनेमा विश्वास व्यक्त गरे । उनले युनिग्लोवबाट उतिर्ण विद्यार्थीहरूमध्ये कम्तिमा १० प्रतिशतले आफ्नै व्यापार, व्यावसाय सुरु गर्ने गरेको बताए । उनले अध्ययनसँगै विद्यार्थीहरूले बजारको मागअनुसार शिक्षा हासिल गरेको दाबी गरे ।
मेलामा विभिन्न बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायत संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।