टियुको बजेट पारित, विकासतर्फ ६१ करोड विनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 04:02:36 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्धारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो । 

त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब  ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ । जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ । जसमा विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष २०७५÷७६ मा नेपाल सरकारबाट ६ अर्ब ७२ करोड ३८ लाख ५४ हजार अनुदान प्राप्त भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा ६ अर्ब ६७ करोड ६५ लाख अनुदान प्राप्त भएको थियो । त्रिविको अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो । 

सभामा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए । ओली अस्पतालमा उपचार गराईरहेका कारण बैठकमा अनुपस्थित भएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved