नोबेल मेडिकल कलेजमा लिइएको एमबिबिएस-बिडिएस प्रवेश परीक्षामा मोबाइल, उत्तर ह्वाट्स एपमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2016 | 11:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं विश्वविद्यालयले एमबीबीएस/बीडीएसका लागि बिहीबार लिएको दोस्रो प्रवेश परीक्षामा ब्यापक अनियमितता भएको पाइएको छ । विश्वविद्यालयले ती शैक्षिक कार्यक्रममा खाली सिटका लागि बिहीबार विराटनगरमा सञ्चालन गरेको प्रवेश परीक्षामा मोवाइल प्रबिधिको प्रयोग गरी अनियमितता गरेको पाइएको हो ।

सो प्रवेश परीक्षाका लागि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा परीक्षा केन्द्र तोकिएको थियो । प्रवेश परीक्षाको केन्द्र र समय भने गोप्य राखी सीमित विद्यार्थीलाई मात्र सो परीक्षा केन्द्र तोकिएको विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको अनलाइन उद्घोषडेली डटकमले लेखेको छ।

परीक्षा केन्द्रमा परीक्षार्थीहरूलाई मोवाइल एप्लिकेसन ह्वाट्स एपको माध्यमबाट वस्तुगत प्रश्नको उत्तर उपलब्ध गराइएको पाइएको छ । सोका लागि मोवाइल एप्लिकेसन ह्वाट्स एपमा एसिस्टेन्ट ग्रुप र एसिस्टेन्ट ग्रुप २ यूजर बनाइएको थियो । सो कामका लागि एनसेलका दर्जनौ सिमकार्ड प्रयोग पाइएको छ । कुनै नाम प्रयोग नगरी नेपालको एनसेल र भारतीय मोवाइल नम्बर प्रयोग गरिएको छ । 

स्रोतका अनुसार दिउसो १ बजेदेखि सुरू भएको परीक्षामा आधाघण्टापछि नै परीक्षार्थीहरूको मोबाइलमा उत्तर उपलब्ध गराइएको थियो । उद्घोषलाई प्राप्त जानकारीअनुसार ९३ प्रश्नको समाधान उपलब्ध गराइएको देखिन्छ । 

स्रोतका अनुसार विश्वविद्यालयबाट खटिएका पर्यवेक्षकलगायत भारतीय एजेन्टहरूको समेत संलग्नतामा यस्तो अनियमिता भएको हो । प्रवेश परीक्षा उत्तीर्ण गराउन एजेन्टहरूले प्रति विद्यार्थी १० लाखभन्दा बढी रकम लिएको स्रोतको दाबी छ ।

नेपालबाहेक सार्क मुलुकका विद्यार्थीका लागि भएको प्रवेश परीक्षामा ठूलै गिरोहको संलग्नतामा यस्तो अनियमितता गरिएको हो । विदेशी विद्यार्थीबाट बढी रकम प्राप्त हुने भएकाले अधिकांश कलेज त्यो सिट खाली राख्न चाहँदैनन् । 

एमबीबीएस/बीडीएस अध्ययनका लागि प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याउनैपर्दछ । पहिलो प्रवेश परीक्षामा विदेशी विद्यार्थी कोटा खाली भएपछि विश्वविद्यालयले पुनः परीक्षा सञ्चालन गरेको हो ।

काठमाडौ विश्वविद्यालयले मंसिर १९ गते पुनः प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको थियो । सूचनामा सो विश्वविद्यालयबाट सम्बन्धन पाएका मुलुकका नौवटा मेडिकल कलेजका लागि प्रवेश परीक्षा लिइने उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved